Sunday, May 19
Shadow

आर्थिक

एनसीएचएलद्वारा भुक्तानी कारोबार शुल्कमा परिवर्तन

एनसीएचएलद्वारा भुक्तानी कारोबार शुल्कमा परिवर्तन

आर्थिक, बैंकिङ, सूचना प्रविधि
नेपाल क्लियरिङ हाउस लिमीटेडले पूर्ण लकडाउनपछि चैत ११ देखि असार ३१ सम्म कायम विद्युतीय कारोबार निःशुल्क हुने व्यवस्था हटाएको छ । एनसीएचएलले आफ्ना सबै भुक्तानी प्रणालीहरुमा साउन १ गतेदेखि कारोबार शुल्क लाग्ने प्रष्ट्याउँदै त्यस्तो शुल्क उल्लेख्य रुपमा घटाइएको हो । एनसीएचएलले एक विज्ञप्ति जारी गर्दै एनसिएचएल इसीसी, एनसीएचएल आइपीएस र कनेक्ट आइपीएस प्रणालीको कारोबारमा लाग्ने शुल्क घटाइएको बताएको हो । एनसीएचएलले श्रावण १, २०७७ देखि लागू गरेको भुक्तानी शुल्क एनसीएचएल-इसीसीमा ०-१५, एनसीएचएल-आइपीएसमा २-१० र कनेक्ट आइपीएसमा २-१५कायम हुने गरी परिवर्तन गरेको छ । त्यसै गरी कनेक्ट आइपीएसमा सदस्य बैंक तथा वित्तीय संस्था एवम् भुक्तानी सेवाप्रदायकले जोड्दै आएका क्रेडिटरहरुलाई लाग्ने शुल्कमा पनि परिवर्तन ल्याई ०.७५ प्रतिशत(न्यूनतम रु २ र अधिकतम रु.१००)बनाइएको छ । यद्यपि एनसीएचएलको एक्सप्रेस र हाई भ...
८२ प्रतिशत रोपाइँ सकियो प्रदेश १ मा

८२ प्रतिशत रोपाइँ सकियो प्रदेश १ मा

कृषि, प्रदेश नं. १
प्रदेश १ मा आइतबारसम्म ८२ दशमलव ५१ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष यही अवधीमा ५६ दशमलव ७४ प्रतिशत मात्रै रोपाइँ भएको थियो । प्रदेशस्थित कुल धान खेतीयोग्य ३ लाख ४० हजार ८ सय २९ हेक्टर जमिनमध्ये २ लाख ८१ हजार २ सय २० दशमलव ७२ हेक्टरमा रोपाइँ भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । तराईको २ लाख २५ हजार ८ सय हेक्टरमध्ये १ लाख ९३ हजार ५ सय ५५, पहाडको ९० हजार ९ सय १६ हेक्टरमध्ये ६८ हजार ४ सय र हिमाली जिल्लाको २४ हजार १ सय १३ हेक्टरमध्ये १९ हजार १ सय ८७ हेक्टरमा रोपाइँ सम्पन्‍न भएको छ । सबभन्दा बढी झापा र सोलुखुम्बुमा ९० प्रतिशत र ओखलढुंगामा ५५ प्रतिशतमात्रै रोपाइँ भएको मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताए । मोरङ र तेह्रथुममा ८५, भोजपुरमा ८४, सुनसरी र खोटाङमा ८०, पाँचथरमा ७८, तेह्रथुम र संखुवासभामा ७५, इलाममा ७२, उदयपुरमा ७१ र धनकुटामा ७० प्रतिशत रोपाइँ भएको...
सार्वजनिक सवारी चलाउनेबारे ‘केन्द्रीय महासंघ’सँग सहमति, ‘राष्ट्रिय महासंघ’सँग सोमबार छलफल

सार्वजनिक सवारी चलाउनेबारे ‘केन्द्रीय महासंघ’सँग सहमति, ‘राष्ट्रिय महासंघ’सँग सोमबार छलफल

अटो, आर्थिक, रोजगार
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग आवद्ध सार्वजनिक सवारी चलाउनेबारे सोमबार यातायात व्यवस्था विभागसँग छलफल हुने भएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघले भने सोमबारदेखि नै गाडी चलाउनेबारे विभागसँग आइतबार सहमति गरेको छ । मौद्रिक नीतिमार्फत माग सम्बोधन भएपछि सुरक्षित तवरले यातायात सञ्‍चालनबारे सोमबार यातायात व्यवस्था विभाग र व्यवसायीहरुबीच छलफल हुने भएको हो । महासंघका महासचिव सरोज सिटौलाले कान्तिपुरसित भने, 'भोलि १ बजे यातायात व्यवस्था विभाग र व्यवसायीहरुबीच छलफल हुने कार्यक्रम छ ।' यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले स्वास्थ्य सावधानी बलियो रुपमा नअपनाइ गाडी चलाउन नसकिने भनाइ दोहोर्‍याए । उनले चालक, सहचालकको कोरोना स्वास्थ्य बीमा गराउने, गाडी कहाँ-कहाँ गाडी रोक्ने, सुरक्षाका उपायबारे कार्यविधि बनिसकेको जनाउँदै विभागसँग छलफलपछि निर्णयमा पुगिने बताए । सरका...
राजी भयो सार्वजनिक सवारी चलाउन यातायात व्यवसायी

राजी भयो सार्वजनिक सवारी चलाउन यातायात व्यवसायी

अटो, आर्थिक, रोजगार, समाज
सार्वजनिक यातायात चलाउन यातायात व्यवसायीहरु तयार भएका छन् । केही दिनभित्रै सार्वजनिक सवारीहरु चल्न सुरु गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । सरकारले असार २६ गतेबाट काठमाडौं उपत्यकामा तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सिट क्षमताको आधा यात्रु राखेर सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको थियो । यातायात व्यवसायीका छाता संगठनहरुले विभिन्न माग राख्दै सवारी नचलाउने निर्णय गरेका थिए । चर शुक्रबार आएको मौदि्रक नीतिले आफूहरुको धेरैजसो माग सम्बाधेन गरेको भन्दै यातायात व्यवस्ाायीहरुले बताएका छन् । बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग सम्बाधेन भएकाले सार्वजनिक सवारी चलाउन अब सहज अवस्था बनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले बताए अब मौद्रिक नीतिले गरेका व्यवस्थाबारे थप स्पष्ट हुँदै...
अब ऋण लिनेलाई केही सजिलो हुने

अब ऋण लिनेलाई केही सजिलो हुने

आर्थिक, पत्र पत्रिका, विशेष खबर
सर्वसाधारणलाई अब बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन केही सहज हुने भएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कर्जा निक्षेप तथा पुँजी अनुपात (सीसीडी) मा परिवर्तन, ऋण लगानीका अनिवार्य सीमा वृद्धि, सेवा शुल्कमा कडाइ, सहुलियतपूर्ण र पुनर्कर्जासम्बन्धी व्यवस्थाहरू गरिएकाले ऋण परिचालन सहज हुने भएको हो । नयाँ व्यवस्थाले निक्षेपको ब्याज धेरै तल झर्न नपाउनुका साथै कर्जाको ब्याजदर पनि वाञ्छित सीमाभित्र रहने दाबी राष्ट्र बैंकले गरेको छ । मौद्रिक नीतिले ग्रामीण कर्जा विस्तार र कोभिड–१९ ले असर पारेको क्षेत्रलाई सक्दो सम्बोधन गरेकाले सकारात्मक प्रभाव पार्ने पूर्वअर्थसचिव रामेश्वर खनालले बताए । ‘लघुवित्त वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा ब्याजदरको अधिकतम सीमा १५ प्रतिशत भनिएको छ,’ उनले भने, ‘यसले ग्रामीण क्षेत्रका साना तथा मझौला उद्यमी (एसएमई) मा सकारात्मक...
नयाँ ई-वालेटको लाइसेन्स बन्द ‘क्युआर कोड’ मार्फत हुने भुक्तानीलाई पनि नियमन गरिने

नयाँ ई-वालेटको लाइसेन्स बन्द ‘क्युआर कोड’ मार्फत हुने भुक्तानीलाई पनि नियमन गरिने

आर्थिक
नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्ने गरी मौद्रिक नीति ल्याएको छ । सवल र सुरक्षित विद्युत्तीय भुक्तानी प्रणालीको विकास गर्दै नगद कारोबार न्यूनीकरण गर्नसरकारले कार्यान्वयनमा ल्याएको डिजिटल नेपाल फ्रेमवर्कको मर्म अनुरुप सबै प्रकारका वित्तीय कारोबार विद्युत्तीय माध्यमबाट गर्न प्रोत्साहित गर्ने मौद्रिक नीतिमा उल्लेख गरिएको छ । यसका लागि नेपालभित्र हुने सबै प्रकारका विद्युत्तीय कारोवारको अभिलेख कायम गरी भुक्तानी प्रणालीमा थप सहजीकरण गर्न राष्ट्रिय भुक्तानी स्वीचको स्थापना गरिने गभर्नर अधिकारीले बताए । यसैगरी भुक्तानी सेवा सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्थाहरु सञ्चालन गर्न यसअघि सैद्धान्तिक सहमति प्रदान गरिएका बाहेक नयाँ अनुमति दिने कार्य स्थगन गरिएको पनि उनले बताए । यसबाट हाल सञ्चालनमा रहेका भुक्तानी सेवा प्रदायकलाई सेवा प्रवाह गर्न सहज हुनेछ । भुक्तानी सेवा ...
गभर्नर अधिकारीकाे पहिलो मौद्रिक नीतिका १० विशेषता थप सामग्री

गभर्नर अधिकारीकाे पहिलो मौद्रिक नीतिका १० विशेषता थप सामग्री

आर्थिक, विशेष खबर
पछिल्ला दुवै जना गभर्नरका लागि पहिलो मौद्रिक नीति निकै चुनौतीपूर्ण भएको छ । महाप्रसाद अधिकारी गभर्नर हुनुपहिले गभर्नर भएका डा. चिरञ्जीवी नेपाललाई भूकम्प र नाकाबन्दीका कारण तड्पिएको अर्थतन्त्रलाई चलायमान गरेर अघि बढ्नुपर्ने अवस्था थियो भने । उनले  पहिलो मौद्रक नीति आर्थिक वर्ष २०७२/७३ को ल्याएका थिए । निरन्तरको भूकम्पका बीच बैंक तथा वित्तीय संस्थाले खेलेको भूमिका र उनको पहिलो मौद्रिक नीतिले लगानीमा विस्तार र बैंक क्षेत्रको अस्वस्थ प्रतिस्पर्धामा गरेको हस्तक्षेपको विषयलाई लिएर प्रशंसा गरिएको थियो । ठीक ५ वर्षपछि नयाँ गभर्नरको रूपमा आएका महाप्रसाद अधिकारीलाई पनि उस्तै समस्या निम्तियाे । नेपालको पालामा जस्तै देशभित्रको मात्रै समस्या होइन, देश बाहिर पनि उस्तै समस्या छ । यस्तो अवस्थामा गभर्नर अधिकारी निजीक्षेत्रका लागि अपेक्षाभन्दा बढी राहतका कार्यक्रम ल्याउने वचन सार्वजनिक कार्यक्रमहरूमा दिए...
ऋणमा सहुलियतदेखि किसानलाई क्रेडिट कार्डसम्म

ऋणमा सहुलियतदेखि किसानलाई क्रेडिट कार्डसम्म

आर्थिक, विशेष खबर
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । कोभिड–१९ बाट अर्थतन्त्रलाई जोगाउने मौद्रिक नीतिले विशेष प्राथमिकता दिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ल्याएको आफ्नो कार्यकालको पहिलो मौद्रिक नीतिले विशेष गरेर कोभिडबाट उत्पन्न संकटलाई नै प्राथमिकतामा राखेको छ । आर्थिक पुनरुत्थान लक्षित विशेष कार्यक्रममा कोरोना प्रभावित क्षेत्रहरुका लागि ऋण तिर्ने समयावधि थप्ने, सहुलियतमा ऋण प्रदान गर्नेलगायतका सुविधा दिने मौद्रिक नीतिले व्यवस्था गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसा अधिकारीले समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै सरकारको आर्थिक वृद्धिको लक्ष्य हासिलमा सहयोग पु¥याउन मौद्रिक नीतिको जोड रहने बताए । उनले वित्तीय साधन परिचालनलाई आर्थिक क्रियाकलाप विस्तार, रोजगारी सिर्जना र दीगो आर्थिक विकास प्रवद्र्धन गर्नेतर्फ प्रोत्साहित ग...
सरकारले गर्यो लकडाउनले समस्यामा परेका आयोजनालाई ६ महिनासम्मको म्याद थप

सरकारले गर्यो लकडाउनले समस्यामा परेका आयोजनालाई ६ महिनासम्मको म्याद थप

आर्थिक, विशेष खबर, समाज
सरकारले लकडाउनको अवधिमा खरिद सम्झौता भएका र सोही अवधिमा निर्धारित निर्माणको म्याद समाप्त भएका आयोजनाहरु बढीमा ६ महिनासम्म थप समय दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधिमा म्याद सकिएका र नियमित काम भइरहेका आयोजनाहरूलाई ६ महिना थप समय दिने निर्णय भएको जानकारी प्राप्त भएको नेपाल निर्माण व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघमा अनुसार सरकारलाई थप आर्थिक दायित्व सिर्जना नहुने गरी सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवा प्रदायक र परामर्शदाताको सिफारिसका आधारमा खरिद सम्झौता गर्ने अधिकारीले म्याद थपको निर्णय गर्न सक्नेछन् । लकडाउनका कारण समयमै काम सम्पन्न गर्न नसकेका निर्माण व्यवसायीलाई थप समय उपलब्ध गराउने निर्णय भएको हो । यो निर्णय भएसँगै लकडाउनका कारण अन्तिम समयमा काम हुन नसकेर अलपत्र भएका आयोजनाका ठेकेदारले राहत पाएका छन् । उनीहरुले लकडाउन ल...
कान्तिपुरमा धर्ना: मालिकलाई कालाेमाेसाे दल्ने घाेषणा

कान्तिपुरमा धर्ना: मालिकलाई कालाेमाेसाे दल्ने घाेषणा

रोजगार
काठमाडौं । कान्तिपुर प्रकाशन गृहमा श्रमजीवी तथा पत्रकारहरुले एक घण्टा धर्ना दिएका छन् । कोरोना महामारीको मौका छोपी पत्रकारहरु तथा श्रमजीवीहलाई अपमानजनक तरिकाले निलम्बन गरेको, लकडाउन अवधिको पत्रकार तथा श्रमजीवीहरुलाई तलब नदिएको र न्युततम पारिश्रमिक लागु नगरेको भन्दै विभिन्न ११ वटा संगठनहरुले धर्ना कार्यक्रम गरेका हुन् । धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले २७ बर्षदेखि निरन्तर मुनाफा कमाएको कान्तिपुरले कोरोना संकटको मौका पारेर अमानवीय तरिकाले निकालिएका पत्रकार तथा श्रमजीवीहरुको पुर्नबहाली गर्न चेतावनी दिए । उनले देशको सबभन्दा ठूलो मिडिया भन्दै चिनाउने कान्तिपुरले न्युनतम मानवीय मुल्य र मान्यता भुलेको र त्यो कदम नरोकिए पत्रकारहरु तथा श्रमजीवीहरुले कडा संघर्ष गर्ने चेतावनी दिए । त्यस्तै प्रेस संगठनका विश्वमणी सुवेदीले पत्रकारहरु तथा श्रमजी...
ठोरीमा किसानलाई दूधमा ३ रुपैयाँ अनुदान, ८४ कटेका वृद्धलाई ५ हजार

ठोरीमा किसानलाई दूधमा ३ रुपैयाँ अनुदान, ८४ कटेका वृद्धलाई ५ हजार

आर्थिक, कृषि, रोजगार, विशेष खबर, समाज
पर्साको ठोरी गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ४६ करोड ८८ लाख २० हजार ८ सय ५० रुपैयाँको अनुमानित बजेट ल्याएको छ । सोमबार चौथो गाउँसभामा उपाध्यक्ष शान्तिमाया थिङल बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले सोमबार नै ल्याएको नीति तथा कार्यक्रममा कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माण, पर्यटन र रोजगारी सिर्जनालाई प्राथमिकता दिएको छ । वडा नम्बर ४ घ्याङडाँडास्थित गाउँपालिकाको कार्यालयमा भएको गाउँ सभामा अध्यक्ष पदमलाल श्रेष्ठले आर्थिक वर्ष २०७७÷७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे । जसमा ८४ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई बार्षिक ५ हजार रुपैयाँ निर्वाह भत्ता उपलब्ध गराउने, ३५ बर्ष नाघेका अविवाहित तथा श्रीमान नभएर एकल जीवन बिताउन बाध्य विपन्न महिलाहरूलाई मासिक १ हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने पनि उल्लेख छ । प्रसुति सेवा सञ्चालनमा रहेको स्वास्थ्य चौकी...
काठमाडौं उपत्यकामा फाट्टफुट्ट गुड्न थाले सार्वजनिक बस

काठमाडौं उपत्यकामा फाट्टफुट्ट गुड्न थाले सार्वजनिक बस

रोजगार, विशेष खबर, समाज
काठमाडौं उपत्यकामा फाट्टफुट्ट सार्वजनिक यातायातका साधन गुड्न थालेका छन् । सोमबार चक्रपथमा  मयुर र संयुक्त यातायातमा आवद्ध केही बस गुडेका छन् । सञ्चालनमा आएका बसहरुमा सरकारले तोकेको मापदण्डअनुसार बसमा एक पङ्तिको सिटमा एक जना मात्र बसेका छन् भने यात्रुहरुले मास्क लगाएका छन् । सहचालकले यात्रुलाई स्यानिटाइजर पनि दिएका छन् । सरकारले शुक्रबारबाट मापदण्ड पालना गरेर छाटो दुरीका सार्वजनिक यातायात तलाउने दिने निर्णय गरेको थियो । त्यसका लागि साविकको भाडादरमा ५० प्रतिशत थपेर लिनसमेत अनुमति दिइएको छ । तर यातायात व्यवासायीहरुले विभिन्न माग अघि सार्दै यातायातका साधन चलाउन मानेका छैनन् । तस्वीरहरु हेर्नुहोस्  ...
जसपाले भन्यो : एमसीसीबारे आन्तरिक छलफलमै छौं

जसपाले भन्यो : एमसीसीबारे आन्तरिक छलफलमै छौं

रोजगार, समाज
जनता समाजवादी पार्टीले अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)बारे पार्टीले कुनै निर्णय नगरेको बताएको छ । अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै एमसीसीबारे आफ्नो नीति र धारणा निर्माणका लागि आन्तरिक छलफल भइरहेको बताएका हुन् । ‘यसम्बन्धमा पार्टीले निर्णय गरेको छैन । पार्टीको तर्फबाट कुनै आधिकारिक धारणा पनि सार्वजनिक गरिएको छैन’ विज्ञप्तिमा भनिएको छ । आइतबार मात्र जसपाको प्रवास विशेष कमिटीले बनाएको कार्यदलले एमसीसीलाई इस्ट इन्डिया कम्पनीसँग तुलना गरिएको छ । र, राष्ट्रियता र स्वाधिनतामा आँच आउने शर्तहरु राखेर सहयोग लिन नहुने सुझाव दिइएको छ । त्यसलाई जसपाकै धारणाका रुपमा प्रचार भएपछि पार्टीले बोल्नु परेको एक नेताले बताए ।...
जब लोक सेवाका अधिकृतले छोरीको उत्तर आफैं लेखिदिए…

जब लोक सेवाका अधिकृतले छोरीको उत्तर आफैं लेखिदिए…

पत्र पत्रिका, बजार, समाज
अनलाइन खबर काठमाडौं । लोक सेवा आयोगका एक जना अधिकृतले अनियमित तरिकाले आफ्नी छोरीलाई लोक सेवा आयोगले लिने परीक्षा उत्तीर्ण गराउन खोजेको खुलेको छ । सुरक्षा निकाय तथा संगठित महाशाखाको नतिजा तयारी शाखाका अधिकृत मिमबहादुर शाहीले ११ जेठ २०७६ मा नेपाल वायु सेवा निगमको सहायक चौथो तह (खरिदार सरह) को परीक्षामा सहभागी आफ्नी छोरीलाई आफैंले उत्तर लेखिदिएर परीक्षा पास गराउन खोजेको खुलेको हो । हाल मिमबहादुर शाहीलाई दरखास्त व्यवस्थापन केन्द्रमा पठाइएको छ भने उनको पाँच वर्षसम्म बढुवा र ग्रेड वृद्धि रोक्काको तयारी गरिएको छ । उनकी छोरीको भने उत्तर पुस्तिका रद्द गरिएको छ । आयोगले रोल नं. ३२९८ नम्बरको ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिएको जानकारी सूचना निकालेर दिएको थियो । आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले अनलाइनखबरसँग भने, ‘सचिवबाट कारबाहीको प्रस्ताव आयोगमा आइसकेको छ । अब छिट्टै निर्णय हुन्छ ।’ ...
नेपालमा सलहको नयाँ झुण्ड प्रवेश, प्रदेश ५ मा सलह देखिए

नेपालमा सलहको नयाँ झुण्ड प्रवेश, प्रदेश ५ मा सलह देखिए

कृषि, लुम्बिनी प्रदेश
बुटवल । सलहको नयाँ झुण्ड नेपाल प्रवेश गरेको छ । आज विहान भारतको उत्तर प्रदेशका सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डहरुमध्ये एउटा झुण्ड दाङ जिल्लामा प्रवेश गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाँईले जानकारी दिएका छन् । दाङको देउखुरीमा भारतबाट पसेको सलहको नयाँ झुण्ड देखिएको प्रदेश ५ कृषि  निर्देशानालयले जनाएको छ । आज दिउसो राप्ती गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा किसान लगाएको मकैबालीमा नयाँ सलह किरा देखापरेको  अन्य विवरण संकलनको काम भईरहेको प्रदेशका कृषि निर्देशक यम नारायण देवकोटाले रातोपाटीलाई बताए । उनले भने ‘दाङमा आज सहल देखिएको छ, विवरण संकलन र अन्य काम भइरहेको छ । यसअघिको भन्दा ठूलो संख्यामा सलह किरा देखिएको स्थानीय किसानहरुले बताएका छन् ।’ किरा फैलिएर मकैबालीमा बसेको छन् । भने सलह धपाउन भाँडा ठटाउने, धुवाँ लगाउने काम गरिएको छ...
ठूला होटेल व्यवस्थापक र मजदुरबीच सहमति, डिसेम्बरसम्मको न्यूनतम तलवमान तोकियो

ठूला होटेल व्यवस्थापक र मजदुरबीच सहमति, डिसेम्बरसम्मको न्यूनतम तलवमान तोकियो

रोजगार, समाज
काठमाडौं । पर्यटक तथा तारे होटेलका मालिक र मजदुरबीच सेवा सुविधाका विषयमा रहेको असहमति तत्कालका लागि टुंगिएको छ । आइतबार विभिन्न मजदूर यूनियन र होटेल संघ नेपाल (हान)का पदाधिकारीहरुको छलफलमा नयाँ सहमति कायम भएको हो । स्रोतका अनुसार दर्जनौं चरणका छलफलपछि आइतबार सेवा-सुविधाका सम्बन्धमा व्यवस्थापक र मजदुर संगठनहरुबीच सहमति जुटेको हो । सहमति अनुसार अब होटेल बन्द रहेर घरमै बसेका मजदुरले समेत न्यूनतम ४३ सय रुपैयाँदेखि १० हजार रुपैयाँ पाउने भएका छन् । यो सहमति आगामी डिसेम्बरसम्म मान्य हुने गरी बनेको छ । स्रोतले भन्यो,’होटेल बन्द भएपनि तोकिएको न्यूनतम रकम सबै मजदुरले पाउने गरी सहमति भएको छ ।’ यद्यपी सहमति पत्रमा हस्ताक्षर भने सोमबार मात्र हुने तयारी छ । होटेल चलेको र नियमित काममा आउने मजदुरलाई भने साविककै सेवा सुविधा नघटाउने शर्तमा काममा लगाउने सहमति समेत मजदुर र मालिकबीच जुटेको छ । खासग...