Tuesday, May 7
Shadow

आर्थिक

नेपाल बैकर्स संघ: राष्ट्र बैंक र गृह मन्त्रालयको बैठकपछि मात्रै बैंक खोल्ने

नेपाल बैकर्स संघ: राष्ट्र बैंक र गृह मन्त्रालयको बैठकपछि मात्रै बैंक खोल्ने

बागमती प्रदेश, बैंकिङ
बैंक तथा वित्तीय संस्था अत्यावश्यक क्षेत्रमा राखिए पनि बिहीबार उपत्यकाका सम्पूर्ण बैंक बन्द भएका छन् । प्रहरीले कर्मचारीलाई अनावश्यक रुपमा दुःख दिएको भन्दै उपत्याकाका सबै बैंक बन्द भएका हुन् । बैंकर्स अनिल केशरी शाहले प्रहरीले अवरोध पु¥याएपछि बैंक बन्द गर्नुपरेको बताए । सरकारले बुधबार रातिदेखि निषेधआज्ञा जारी गरे पनि बैंकलाई अत्यावश्यक सेवाभित्र राखेको छ । २७ वटा वाणिज्य बैंकले आवश्यकता हेरी काठमाडौंमा ५, ललितपुरमा २ र भक्तपुरमा १ शाखा खोल्न पाउने व्यवस्था गरिएको थियो । तर प्रहरीले कर्मचारीलाई घर पनि जान नदिने, कार्यालय पनि जान नदिई लाइन लगाएपछि नेपाल बैकर्स संघले सबै बैंक बन्द गर्ने निर्णयमा पुगेको हो । सरकारको निर्देशन कार्यान्वयन गर्न बैंक तयार भए पनि सहमति अनुसार शाखा कार्यालय खोल्न जाँदा कर्मचारीले असहज परिस्थिति सामाना गरेपछि अन्योल सिर्जना भएको शाहले बताए । ‘आज खोल्न जाँदा ...
सुन तोलाको एक लाख नाघ्यो

सुन तोलाको एक लाख नाघ्यो

बजार
सुन आज तोलामा २२ सयले बढेको छ। हिजो २ सय घटेको सुन आज २२ सयले बढेर एक लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २२ सयले एक लाख चार सयमा कोरोबार भइरहेको छ। त्यस्तै  तेजावी सुनको मुल्य प्रति तोला ९९ हजार ९ सयमा कारोबार भइरहेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रति तोला ६५ रुपैयाँले बढेर १ हजार ३८० मा कारोबार भइरहेको छ। सोमबार चाँदीको मुल्य एक हजार ३१५ प्रति तोला रहेको थियो।...
बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंककै

बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंककै

बैंकिङ, विशेष खबर, समाज
बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई कोरोना लागे सम्पूर्ण खर्ब सम्बन्धित बैंकले नै बेहोर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार १४ बुँदे परिपत्र जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रलाई कर्मचारीमा संक्रमण देखिए सम्पूर्ण खर्च बेहोर्नु भनेको हो । संक्रमित कर्मचारीलाई अस्पतालमा, घरमा वा होटल जहाँ आइसोलेसनमा राखे पनि बैंकलाई नै खर्च गर्न राष्ट्र बैंकले भनेको छ । कोरोना लागेका कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा आएका कर्मचारीहरुलाई पनि बैंककै खर्चमा क्वारेनटाइनमा राख्न समेत भनिएको छ । क्वारेनटाइन तथा आइसोलेसन अवधिभरको तलब तथा सेवा सुविधा समेत बैंकले दिनु पर्नेछ । राष्ट्र बैंकले २ सय भन्दा बढी संक्रमित भएका जिल्लाका बैंक शाखाहरुलाई ५० प्रतिशत कर्मचारीमात्रै राखेर सेवा दिन भनेको छ । सेवा दिदा बैंकहरुले सम्भव भएसम्म वर्क प|mम होम वा सहज कार्य शैली (फ्लेक्जीवल वर्किङ मोडल) अपनाउन भनेको छ...
भू–सेवा केन्द्रको काम भदौदेखि मात्रै सुरु हुने, स्थानीय तहबाटै यसरी हुँदैछ जग्गाको किनबेच

भू–सेवा केन्द्रको काम भदौदेखि मात्रै सुरु हुने, स्थानीय तहबाटै यसरी हुँदैछ जग्गाको किनबेच

आर्थिक, बजार, समाज
स्थानीय तहले पूर्वाधार तयार गर्न समय लाग्ने भएपछि भू–सेवा केन्द्रको काम भदौदेखि मात्रै सुरु हुने भएको छ । सेवाकेन्द्र सञ्चालनका लागि अनुमति लिएका नगरपालिकाहरुले त्यस्तो सेवा दिने ठाउँ र आवश्यक अन्य पूर्वाधार तयार गर्नुपर्दा समय लाग्ने देखिएको हो । हालसम्म उपत्यकाका ४ नगरपालिकाले भू–सेवा केन्द्रको अनुमति पाएका छन् । कलंकी मालपोत कार्यालय अन्तर्गत काम हुँदै आएका चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका र नागार्जुन नगरपालिकाले भू–सेवा केन्द्रको अनुमति पाए लिएका छन् । कलंकी मालपोत कार्यालयले यसका लागि सबै नगरपालिकालाई यसको युजरनेम र पासवर्ड उपलब्ध गराइसकेको छ । यसअघि भूमि अभिलेख विभागले ती स्थानीय तहका कर्मचारीलाई भू–सेवा केन्द्रमार्फत् दिने सेवाको बारेमा अभिमूखिकरण समेत गरिसकेको छ ।  अब आवश्यक भौतिक पूर्वाधार तयार गर्ने बित्तिकै त्यस्तो सेवा सम्बन्धित स्थानीय तहले ...
प्रतिमिनेट ४४ पैसा बढी शुल्क असुल्दैछन् मोबाइल सेवाप्रदायक

प्रतिमिनेट ४४ पैसा बढी शुल्क असुल्दैछन् मोबाइल सेवाप्रदायक

आर्थिक, विशेष खबर, समाज, स्वास्थ्य
सेवा प्रदायकले यदि सरकारको नियम पालना भएको भए यतिबेला फरक नेटवर्कहरुमा हुने कल (फोन) प्रतिमिनेट ४४ पैसा सस्तो हुनुपर्थ्यो । विदेशबाट नेपालमा कल गर्दा पनि प्रतिमिनेट ४-५ रुपैयाँ सस्तो हुने थियो । तर, नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको ‘अन्तरआवद्धता निर्देशिका-२०७६’ लाई सेवा प्रदायकले अटेर गरेका छन् । चैत २० बाटै कार्यान्वयनमा आएको निर्देशिकालाई उनीहरुले कुल्चिरहँदा दुरसञ्चार प्राधिकरणले कारवाही गर्न सकेको छैन । एउटा सेवा प्रदायक कम्पनीको मोबाइलबाट अर्को सेवा प्रदायक कम्पनीको मोबाइलमा फोन गर्दा फरक-फरक नेटवर्कहरु जोडिनुलाई ‘अन्तरआवद्धता’ भनिन्छ । हाल यस्ता फरक नेटवर्कहरुमा कल गर्दा अहिले मँहगो शुल्क लाग्छ । नेपाल टेकिलम, एनसेल र स्मार्ट सेलले एक-अर्काको नेटवर्कमा फोन गर्दा आफ्नै नेटवर्कको फोनमा लाग्ने भन्दा मँहगो शुल्क लिने गरेका छन् । नयाँ निर्देशिकाले मोबाइलबाट मोबाइलमा र ल्या...
ट्रेकिङ खुला गर्ने विषयमा क्वारेन्टाइनको प्रावधान अन्योलमा

ट्रेकिङ खुला गर्ने विषयमा क्वारेन्टाइनको प्रावधान अन्योलमा

आर्थिक, पर्यटन
सरकारले भदौ १ गतेबाट सबै क्षेत्र खुला गर्ने तयारी गरेको छ। सरकारी तयारीसँगै  पर्यटन विभागले पनि पदयात्रा (ट्रेकिङ) तथा पर्वतारोहण खुला गर्ने विषयमा छलफल थालेको छ। विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार  भदौ १ गतेबाट पदयात्रा तथा पर्वतारोहण खुला गर्ने विषयमा छलफल भइरहेको छ। ‘पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल आउने पर्यटकले सोधखोज गर्न थालेका छन्,’ तामाङले भने, ‘विभागले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिका तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सुरक्षा निर्देशिका पूर्ण रुपमा पालना गर्ने गरी काम अगाडि बढाएका छौं। तर, नेपाल आउने पर्यटकको हकमा लागू हुने क्वारेन्टाइन तथा आइसोलेसनको विषयले अन्योल भएको तामाङ बताउँछन्। अहिले नेपालमा १४ दिनको क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था छ। ‘पर्यटकका हकमा १४ दिनसम्म क्वारेन्टाइन बस्ने विषय सम्भव नभएको भन्दै हामीले सिसिएमसीमा पठाएक...
एप्पल बन्यो विश्वकै ठूलो कम्पनी

एप्पल बन्यो विश्वकै ठूलो कम्पनी

अन्तर्राष्ट्रिय, आर्थिक, विशेष खबर
 अमेरिकी कम्पनी एप्पल विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको छ । एप्पलको शेयर मूल्यमा शुक्रबार ७.१ प्रतिशतको कीर्तिमानी वृद्धि भयो । कम्पनीको त्रैमासिक रिपोर्टमा उत्साहजनक तथ्यांक सार्वजनिक भएसँगै एप्पलको शेयरमा उछाल आएको हो । कोरोना भाइरसको महामारीका कारण विश्वभर तेलको मागमा भारी गिरावट आएको छ र त्यसको असर साउदी अरबको सरकारी तेल कम्पनी अराममा पनि परेको छ । कोरोना भाइरस महामारीका कारण तेलको मागमा भएको गिरावट र एप्पलको शेयर मूल्यमा आएको बढोत्तरीका कारण अन्ततः एप्पल अरामलाई पछि पादैै विश्वकै नम्बर वान कम्पनी बनेको हो । शुक्रबार बजार खुल्नेबित्तिकै एप्पलको शेयरको मूल्य ४ सय १२ अमेरिकी डलर पुगेको थियो । जस अनुसार एप्पल कम्पनीको बजार मूल्य १.७६५ ट्रिलियन डलर पुग्यो । जबकी गत वर्ष मात्र सार्वजनिक कम्पनी भएको साउदी कम्पनी अरामको बजार मूल्य शुक्रबार १.७५९ ट्रिलिय...
इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढ्यो

आर्थिक, बजार, विशेष खबर
नेपाल आयल निगमले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले यहाँ पनि पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने छ ।   ‘भारतीय आयल कर्पोरेसन्स (आइओसी)ले अगस्ट १ मा पठाएको मूल्यसूचीअनुसार इन्धनको मूल्य बढेको छ । कच्चा तेलको मूल्य, डलरको बिनियम दर र आईओसीबाट प्राप्त मूल्यसूचीको आधारमा इन्धनको साबिकको खुद्रा बिक्री मूल्यमा २ रुपैयाँ बढाउने निर्णय भएको छ,’ उनले भने, ‘मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा १ रुपैयाँ २३ पैसा र डिजेलमा १ रुपैयाँ १५ पैसा नोक्सान नै छ ।’ मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ सय ४, डिजेल ९० र मटितेल ९० रुपैयाँ पर्नेछ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको ...
कुमारी बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता

कुमारी बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता

आर्थिक, बैंकिङ, विशेष खबर
कुमारी बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका बीच विशेष सेवाहरुमा छुटको प्रावधानसम्बन्धी सम्झौता भएको छ । उक्त सहकार्य पश्चात डेबिट/क्रेडिट कार्ड वाहकहरुलाई कुमारी बैंकको कार्डमार्फत भुक्तानी गर्दा, सुविधानगरस्थित उक्त सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गतका होटेल रेस्टुरेन्टहरुमा खानपानमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने जनाइएको छ । यसैगरी, ग्राहकहरुले होटेल बसाईमा रुम शुल्कमा पनि आकर्षक कर्पोरेट छुट प्राप्त गर्न सक्नेछन्। सो सम्झौतापत्रमा कुमारी बैंकका तर्फबाट बैंकका रिलेसन्शिप म्यानेजर उदितबहादुर सिंह तथा सिद्धार्थ बिजनेस ग्रुपका तर्फबाट सेल्स तथा मार्केटिङ्ग निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका छन् । बैंकको प्रधान कार्यालय टंगालस्थित एक संक्षिप्त कार्यक्रममा आधिकारिक रूपमा उक्त छुटसम्बन्धी सम्झौता गरिएको हो । कुमारी बैंकले आफ्ना देशव्यापी २०३ शाखा सञ्जाल, १३...
सुनको भाउ तोलाको ९८ हजारमाथि

सुनको भाउ तोलाको ९८ हजारमाथि

आर्थिक, विशेष खबर
सुनको भाउले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लागिरेको सुनको मूल्य आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा ७ सय रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ मंगलबार प्रति औंस १३ डलरले वृद्धि भएको छ । अब सुनको भाउ केही दिनमै  तोलामा लाख कट्ने अवस्था देखिएको महासंघका पदाधिकारी बताउँँछन् । चाँदी मंगलबार तोलामा ३५ रुपैयाँ बढेको छ । तोलाको १२ सय ४५ रुपैयाँमा चाँदी कारोबार हुँदैछ ।...
सुनको भाउ चर्किदै, प्रतितोला ९४५०० रुपैयाँ कायम

सुनको भाउ चर्किदै, प्रतितोला ९४५०० रुपैयाँ कायम

आर्थिक, बजार
सुनको मूल्यमा आज थप ५ सय रुपैयाँले बढेको छ । हिजोको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले बढेर सुनको भाउ आज ९४ हजार पाँच सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मात्रै १५ सय रुपैयाँ प्रतितोला बढेको थियो ।तेजाबी सुनको मूल्य भने ९४ हजार ६५ रुपैयाँ प्रतितोला छ । चाँदीको मूल्य हिजोको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि भएर मूल्य ११ सय ४५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार डलरसम्म पुग्ने आकलन गरिएकाले त्यसको असर नेपाली बजारमा अझै पर्न सक्ने महासंघको भनाई छ ।...
हजारको नोटबाट हट्यो अफ्रिकन हात्तीको फोटो

हजारको नोटबाट हट्यो अफ्रिकन हात्तीको फोटो

आर्थिक, विशेष खबर, समाज
नेपाल राष्ट्र बैङ्कले बुधबारदेखि बजारमा ल्याएको एक हजार रुपैयाँको नयाँ नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको फोटो राखिएको छ । अहिलेसम्म प्रयोग हुँदै आएको अफ्रिकन हात्तीको फोटो हटेको छ । हजारको नोटमा नेपाली हात्तीको फोटो राख्ने निर्णय राष्ट्र बैङ्कले आर्थिक वर्ष २०६९÷७० सालमै गरेको भए पनि बुधबारदेखि मात्रै नेपाली हात्तीको फोटोसहितको नयाँ नोट बजारमा आएको हो । हाल नोटमा समेटिएका दुई जुम्ल्याहा हात्तीका ०६५ सालतिर चितवनमा जन्मिएका हुन् । जुम्ल्याहा भएका कारण उनीहरूको नाम ‘राम–लक्ष्मण’ राखिएको थियो । नेपालमा यति धेरै हात्ती हुँदाहुँदै पनि नोटमा अफ्रिकन हात्तीको फोटो प्रयोग गर्ने राष्ट्र बैङ्कलाई नेपाली हात्तीको फोटो राख्ने सुझाव र ज्ञान कसले दियो त ? २०६९ सालको मंसिर महिनामा बजारमा केही नयाँ नोट छाप्न दिनुपर्ने अवस्था आएकाले नोट तथा सिक्का डिजाइन समितिको बैठक बसेको थियो । त्यति...
जोर विजोर हट्यो लामो दूरीको यातायात भदौ १ गतेदेखि खुल्ने

जोर विजोर हट्यो लामो दूरीको यातायात भदौ १ गतेदेखि खुल्ने

अटो, विशेष खबर, समाज
अन्तर जिल्ला चल्ने मध्यम तथा लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन भदौ १ गतेदेखि मात्र सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । यातायात व्‍यवसायीहरुले साउन ८ गतेदेखि नै मध्यम तथा लामो दूरीमा यातायात सञ्चालन गर्न दिन माग गरेका थिए । तर सरकारले भदौ १ गतेपछि मात्र लामो दूरीको यातायात खोल्ने निर्णय गरेको हो । भदौ १ गते भन्दा अघिसम्म भने उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुर र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र यातायात सञ्चालन गर्न पाइनेछ । मन्त्री खतिवडाका अनुसार निजी सवारीको जोर विजोर भने हटेको छ । सरकारले २९ जेठबाट जोर विजोर प्रणालीअनुसार निजी सवारी चलाउन अनुमति दिएको थियो । यातायात व्यवसायीको सकारात्मक प्रतिक्रिया याताया...
नेप्से सर्किटको निरन्तरता, १५ सय कट्यो परिसूचक

नेप्से सर्किटको निरन्तरता, १५ सय कट्यो परिसूचक

आर्थिक, विशेष खबर, सूचना प्रविधि
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो पाेजेटिभ सर्किट लागेको छ। आइतबार निरन्तर तेस्रो सर्किट लागेर बन्द भएको बजारमा सोमबार पनि सर्किट ब्रेकको निरन्तरता देखिएको हो। सोमबार कारोबार सुरु भएको दोस्रो मिनेट मै पहिलो सर्किट लागेको थियो। परिसूचकमा ४ प्रतिशतको वृद्धिपछि २० मिनेटका लागि स्थगित भएको कारोबार ११ बजेर २१ मिनेटमा दोस्रोपटक सर्किट लागेको हो। दोस्रो सर्किटपछि कारोबार थप ४० मिनेटका लागि स्थगित गरिएको नेप्सेले जनाएको छ। परिसूचक ५ प्रतिशत अर्थात् ७४ दशमलव शून्य २ अंकले बढेर १ हजार ५ सय ५३ दशमलव शून्य ५ अंकमा कायम भएको छ। १ सय २२ वटा कम्पनीको २ लाख २३ हजार ६ सय ९६ कित्ता सेयर ८ सय ६४ पटक खरिद बिक्री हुँदा ९ करोड १९ लाख ४२ हजार ८ सय रुपैयाँ बराबरको कारोबार भएको छ। सेन्सेटिभ परिसूचक पनि ५ दशमलव ११ अंकले बढेर ३ सय २८ दशमलव ४० अंकमा कायम भएको छ।...
वैदेशिक रोजगारमा २७.५९ प्रतिशतले गिरावट

वैदेशिक रोजगारमा २७.५९ प्रतिशतले गिरावट

आर्थिक, रोजगार
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक घटेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा श्रम स्वीकृति लिने श्रमिक २७.५९ प्रतिशतले घटेका छन् । विश्व महामारीका रूपमा फैलिएको कोरोनाका कारण स्वदेशमा श्रम स्वीकृति बन्द हुनुका साथै स्वदेश तथा विदेशमा बन्दाबन्दीले सबै उडान ठप्प हुँदा यो सङ्ख्या घटेको हो । विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा पाँच लाख आठ हजार ८०२ जनाले श्रम स्वीकृति लिएर विदेशिएकोमा आर्थिक वर्ष २०७६/७७ मा तीन लाख ६८ हजार ४३३ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएका पनि धेरैजसो अझै जान पाएका छैनन् । गत फागुनदेखि नै श्रम गन्तव्य मुलुक र नेपालमै पनि कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा श्रम स्वीकृति लिएका पनि जान पाएका छैनन् । रोजगारीमा गएकामध्ये अहिले पनि कतिपय विदेशमै अलपत्र परेर सरकारले ...
तुषारोले फूल खाएपछि जुम्लामा स्याउ फलेन

तुषारोले फूल खाएपछि जुम्लामा स्याउ फलेन

आर्थिक, कर्णाली प्रदेश, कृषि, पत्र पत्रिका
यस वर्ष जुम्लामा स्याउका बोटमा दाना लागेनन् । जसले गर्दा यहाँका किसान चिन्तित छन् । स्याउका फूल तुषारोले खाएपछि स्याउमा फल नलागेर उत्पादनमा निकै कमी आउने भएको छ । धेरैजसो स्याउका बोटमा यस वर्ष छिटफुट मात्रै फल लागेको किसानले बताएका छन् । चन्दननाथ नगरपालिका वडा नं ३ का किसान रामकृष्ण बुढ्थापाका अनुसार यो वर्ष स्याउका बोटमा खासै फल देखिँदैन । आफ्नो बगैँचा भएको रडिखेल्ला क्षेत्रका सबै बगैँचामा स्याउका फल छैनन् । उनले भने, स्याउ फूूल्ने बेलामा कालो तुषारो लागेपछि फल लाग्न पाएन । बर्सेनि ३ टनभन्दा बढी फल्ने गरेको बताउँदै उनले यो वर्ष निकै घाटा लाग्ने भनाइ राखे । सिञ्जा गाउँपालिका–४ निवासी किसान मुनबहादुर रावलको बगैँचा जिल्लाकै उत्कृष्ट बगैँचामध्ये एक मानिन्थ्यो । उनको बगैँचामा अहिले एक हजार दुई सय पचास स्याउ बिरुवा र अढाइ सय ओखर गरी एक हजार पाँच सय बिरुवा छन् । तर उनका बगैँचामा खासै स्याउ...