Monday, May 20
Shadow

प्रदेश खबर

प्रदेश २ मा आज मतदान, स्थायी राजधानी टुंगो लगाउने

प्रदेश २ मा आज मतदान, स्थायी राजधानी टुंगो लगाउने

प्रदेश नं. २
चैत ४, २०७६ जनकपुरधाम : प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन आज प्रदेश सभामा मतदान हुने भएको छ।  प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानी सम्बन्धी विधेयकमाथि छलफल गर्ने र त्यसपछि मतदानको प्रक्रिया अगाडि बढाउने कार्यसूची रहेको छ। सभामुख सरोजकुमार यादवको संयोजकत्वमा रहेको विशेष समितिले प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोक्ने सहमति गरे पनि नामको विषयमा सहमति जुटेको छैन। राजधानीको विषयमा सहमति भइसकेकाले प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट टुंगो लाग्ने सम्भावना छ। नाम के राख्ने विषय भने मतदान प्रक्रियाबाट पनि टुंगो लाग्ने सम्भावना कम छ।  टुंगो लगाउन दुई तिहाई बहुमत चाहिने र सहमति बिना त्यति मत प्राप्त नहुने भएकाले टुंगिने सम्भावना कम रहेको हो। स्थायी राजधानीका लागि तीनवटा प्रस्ताव दर्ता भएका छन् । प्रदेशको नामका लागि चारवटा प्रस्ताव दर्ता भएका छन्।  प्रमुख प्रतिपक्ष नेकपाले जानकी र प...
कुमार पाैडेल हत्या प्रकरण : दाेषीलाई उम्काउने गृहकाे लविङबाट आयाेग रुष्ट

कुमार पाैडेल हत्या प्रकरण : दाेषीलाई उम्काउने गृहकाे लविङबाट आयाेग रुष्ट

प्रदेश नं. २
काठमाडौ । विप्लव नेतृत्वको नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेल मृत्यु प्रकरणमा सुरक्षा अधिकारीमाथि भएको कारबाही सिफारिस पुनर्विचार गर्न गृह मन्त्रालयकाे लविङबाट राष्ट्रिय मानव अधिकार आयाेग रुष्ट बनेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गृहले सुरक्षाकर्मीविरुद्ध कारबाही चलाउँदा शान्ति सुरक्षा र प्रहरी मनोवलमा असर पर्ने दाबीसहित कारबाही सिफारिस फिर्ता लिनुपर्ने आशयसहितकाे पत्र प्रेेेेेषित गरेकाे छ। पौडेललाई प्रहरी नियन्त्रणमा लिएर हत्या गरिएको निष्कर्षसहित राष्ट्रिय मानवअधिकार आयोगले घटनामा संलग्नताको किटानसहित प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह, प्रहरी हवल्दारद्वय विनोद साह र सत्यनारायण मि श्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको थियो। यस्तै प्रहरी निरीक्षकद्वय किरणप्रसाद न्यौपाने र सूर्यकुमार कार्कीलाई घटनाको मुचुल्कामा त्रुटिपूर्ण कार्य गरेको भन...
मास्क लुकाउने ७ जना पक्राउ

मास्क लुकाउने ७ जना पक्राउ

बागमती प्रदेश
काठमाडौ । कोरोना भाइरसको हल्लाले कालोबजारी बढेका बेला प्रहरीले गरेको अप्रेसनमा ७ जनालाई पक्राउ परेका छन् । महानगरीय प्रहरी परीसरका डीएसपी होबिन्द्र बोगटीकाअनुसार आइतबार बढी मूल्यमा बिक्री गरेर लैजादै गरेको बेला समाएपछि घटनाको अनुसन्धान गर्दै जाँदा आरडीजी इन्टरनेसनल प्रालिको गोदामबाट उक्त परिमाणको मास्क फेला परेको हो। मास्कसहित पक्राउ परेकालाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाइने प्रहरीले जनाएको छ। कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै बजारमा मास्क र सेनिटाइजरको अभाव भएको छ । कालोबजारी गर्नेहरुले सामान लुकाएर कृत्रिम अभाव सिर्जना गरिएको उपभोक्ताको गुनासो छ। मौकाको फाइदा उठाएर उपभोक्ता लुट्ने व्यवसायीसँग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लाखौं रुपैयाँ जरिवाना असुल्न थालेको छ। व्यवसायीले पाँच रुपैयाँ पर्ने मास्कलाई ६० रुपैयाँसम्ममा बेच्...
जथाभावी बन फडानी नगर्न विप्लवकाे चेतावनी

जथाभावी बन फडानी नगर्न विप्लवकाे चेतावनी

सुदुरपश्चिम प्रदेश
काठमाडौ । विप्लव नेतृत्वकाे नेकपा सेती–महाकाली ब्युरोले आइतवार एक प्रेस विज्ञप्ति जारी गरी पार्टी र पार्टीको सत्ता जनपरिषद्को सहमति र स्वीकृतिबिना कथित वैज्ञानिक बनका नाममा भइरहेको बन फडानी कडाइसाथ रोक्न सरोकारवाला निकाय, आमउपभोक्ता र स्थानीय पार्टीलाई अपिल गरेको छ । पार्टीका ब्युरो इन्चार्ज निर्माणले स्वीकृतिबिना बन फडानी गर्ने दलाल राजनीतिककर्मी, कमिसनखोर कर्मचारी, नाफाखोर सामुदायिक बन समिति र बन माफिया काठ व्यवसायीमाथि सत्ताले जनकारबाही गर्ने चेतावनी पनि दिएका छन् । ब्युरो इन्चार्ज निर्माणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारले कथित वैज्ञानिक बन व्यवस्थापनका नाममा गरिरहेको बन फडानीप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । नीतिगत र व्यावहारिक दुवै दृष्टिकोणले यो वैज्ञानिक हैन, अवैज्ञानिक छ । यस विषयमा हाम्रो पार्टीले प्रेस विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेक...
रौतहटमा पुरानै प्रश्नपत्रबाट वार्षिक परीक्षा

रौतहटमा पुरानै प्रश्नपत्रबाट वार्षिक परीक्षा

प्रदेश नं. २
रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा शिक्षा क्षेत्रमा चरम लापरवाही देखिएको छ । नगरक्षेत्र अन्तर्गतको सवै विद्यालयमा पुरानै प्रश्नपत्र प्रयोगगरी कक्षा १ देखि ९ सम्मको परीक्षा सञ्चालन गरिएको छ ।नगरपालिका अन्तर्गतका ३२ वटा विद्यालयमा गत वर्षको प्रश्नपत्रको आधारमा परीक्षा गराइरहेको एकजना अभिभावक परमेश्वर यादवले बताए । नगरशिक्षा संयोजक बुनिलाल यादवले गैरजिम्मेवारपूर्ण तरिकाले हजारौँ विद्यार्थीको भविष्यसँग खेलवाड गरिरहेको अभिभावक यादवको भनाइ छ । पछिल्ला तीन दिनदेखि अंग्रेजी, नेपाली र विज्ञान विषयको परीक्षा पुरानै प्रश्नबाट लिईएको छ । लगातार तीन दिन अक्षरसः पुरानै प्रश्नपत्रको प्रयोग भएपछि अभिभावकहरुले घटना सार्वजनिक गरेका छन् । हजारौँ विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने संयोजक यादवमाथि कडा कारवाही हुनुपर्ने अभिभावकहरुको माग छ । शिक्षा संयोजक यादवले प्रेसको गल्तीले यस्तो हुन गएको जन...

अज्ञात समूहद्वारा डोजरमा आगजनी

गण्डकी प्रदेश
अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेका छन्। क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा गएराती आगजनी भएको हो। आगजनीबाट ब्याकुहोलाडरको सबै भाग जलेर नष्ट भएको र स्काभेटरको आधा भाग जलेपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक रामचन्द्र अधिकारीले जानकारी दिए। प्रहरी, जनप्रतिनिधि र निर्माण कम्पनीका प्रतिनिधिले आगो निभाएका थिए। आगजनी कसले के कारणले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए। सडकको नजिकै पार्किङ गरेका निर्माण उपकरण आगजनी भएको सो कम्पनीका सञ्चालक सोमनाथ थकालीले बताए। उनका अनुसार आगजनीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत लाम्पाटादेखि दरवाङ जोड्ने छ किलोमिटर ...
“काेराेना”बाट संक्रमितहरुकाे स्वास्थ्य लाभकाेे लागि पुजा

“काेराेना”बाट संक्रमितहरुकाे स्वास्थ्य लाभकाेे लागि पुजा

बागमती प्रदेश
काठमाडौ । "वर्ल्ड फाेरफ फर बुद्धिजम्"ले काेराेना भाइरसबाट संक्रमित १लाख ५ हजार ८ सय ३६ जना काेराेना भाइरसबाट संक्रमितहरुकाेे शिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै बााैद्ध स्तुपामा आइतवार बृहत पुजापाठ गरेकाे छ । छिमेकी राष्ट्र चीनकाे हुवान प्रान्तबाट उत्पन्न भएकाे नयाँ खत्तरनाक भाइरस "काेराेना" काे संक्रमणबाट अहिलेसम्म बिश्वमा ३ हजार ५ सय ९५ जनाकाे मृत्यु भएकाे छ । विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार बिश्वका १ सय एक मुलुकमा १लाख ५ हजार ८ सय ३६ जना काेराेना भाइरसबाट संक्रमित छन् । "वर्ल्ड फाेरम फर बुद्धिजम्"ले दिप प्रज्वलन गरेर मृतककाे आत्म शान्ति गर्दै संक्रमितहरुकाे स्वास्थ्य लाभकाे कामना गरेकाे छ । फाेरमका अध्यक्ष तथा पुर्व सभाषद भिक्षु आनन्द, उपाध्यक्ष आ. के शाक्य, महासचिव भेषराज लुईंटेल, केन्द्रीय सदस्य पाल्देेेन लामा, सिविएम नेपालका अध्यक्ष भिक्षु तपस्वी धाम, सिमला इण्डियाक...
हेटौंडामा दुई दिने अभिमुखिकरण सम्पन्न

हेटौंडामा दुई दिने अभिमुखिकरण सम्पन्न

बागमती प्रदेश
हेटौंडा, २५ फागुन । नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारबिच भएको द्विपक्षीय सम्झौताअनुसार एकीकृत ग्रामिण सेवा विकास, हेटौंडाको आयोजनामा दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । हेल्भेट्स नेपालको प्राविधिक सहयोग तथा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बकैया गाउँपालिका र मनहरी गाउँपालिकाको आर्थिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामीको कर्मचारीहरुका लागि संचालन भएको अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको हो ।स्वदेशमा नै रोजगारी गरौं वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं भन्ने मुल नाराका साथ यो परियोजना १६ डिसेम्बर २०१८ देखि १५ जुलाई २०२२ सम्म संचालन गरिएको हो ।कर्मचारीको दायित्व र आपसमा कसरी समन्वय गरेर अगाडी बढ्ने भन्ने विषयमा भएको अभिमुखिकरण कार्यक्रममा २२ जना सहभागि रहेको थियो । देशका ३९ जिल्लाका १ सय ५६ वटा स्थानिय तहको प्रमुखको अध्यक्षतामा...
जिप दुर्घटना : चालकको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना : चालकको मृत्यु, ६ जना घाइते

सुदुरपश्चिम प्रदेश
बैतडी: दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा आइतवार बिहान जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।  मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय  धनसिंह बडाल रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। दुर्घटनामा दुहु–४ का २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१  वर्षीय  प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीय हेमन्ती बम र २२ वर्षीय द्रोपती जोशी रहेका छन्। घाइतेमध्ये सुरेन्द्र, हरक, प्रेम र धनराजको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी दिए। घाइतेहरुको बैतडीमा उपचार हुन नसकेकाले अन्यत्र रेफरको तयारी भएकोे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। धनगढीबाट दार्चुला जाँदै गरेको अनटेष्ट (१२५७) जिप आइतबार बिहान २ बजे पाटन नगरपालिका–६ पनतो...
डोटीमा अज्ञात रोगले विद्यार्थी बिरामी

डोटीमा अज्ञात रोगले विद्यार्थी बिरामी

सुदुरपश्चिम प्रदेश
डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका वडा नम्बर ५ गडसेरास्थित चौकी गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयमा अज्ञात रोगका कारण ३५ विद्यार्थी एकाएक बिरामी परेका छन्।यहीँ फागुन २१ गतेदेखि सो विद्यालयको छात्रावासमा रहेका विद्यार्थीबाट उक्त रोग सुरु भएको भए पनि अहिलेसम्म रोगको पहिचान हुन नसकेको शिक्षक हर्कबहादुर कठायतले जानकारी दिए।कठायतका अनुसार विद्यार्थीलाई ज्वरो आउने, नाक र मुखबाट सिँगान तथा र्‍याल जस्तो पानी बग्ने गरेको छ। विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि नजिकै रहेको गड्सेरा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको टोलीले उपचार गरे पनि नभएको अर्का शिक्षक प्रेमबहादुर बोगटीले बताए।अहिले विद्यार्थी बडीकेदार गाउँपालिका– १ बिपिनगरमा रहेका स्वास्थ्य चौकी तथा कैलालीतर्फ उपचारका लागि लैजाने तयारी गरिएको उनले जानकारी दिए। 'विद्यार्थी सबै बिरामी परेका छन्, विद्यालय नै बन्द गर्नुपर्ने अव...
लमही नगरपालिकामा भागबण्डाकै किचलाे

लमही नगरपालिकामा भागबण्डाकै किचलाे

लुम्बिनी प्रदेश
• समीर यात्री दाङ । जिल्लाको लमही नगरपालिकाभित्र देखा परेको विवादले उग्ररुप लिएको छ । टेण्डरको विषयमा बद्‍मासी गरेको भन्दै तीनजना कर्मचारीलाई कारवाही गरेपछि विवादले उग्ररुप लिएको हो । दाङको लमही नगरपालिकाको यो विवादको  श्रृंखला टेण्डरबाट सुरु भएको थियो । कचिंगल टेण्डरको नगरपालिकाले कुुक, वेटर, पलम्बर लगायतका योजनाको टेन्डर आह्वान गरेर मिति २०७६ माघ २३ गते दिउँसो १२ः०० बजेसम्मको लागि १५ दिने सूचना जारी गरेको थियो । तर निर्धारित समयावधिभित्र कुनै फर्म दर्ता भएनन । निर्धारित समयवधिभन्दा ढिलो गरी आएका १३ वटा फर्महरु दिउँसो १ः३० बजेसम्म दर्ता गरियो । नियामानुसार निर्धारित समयावधिभित्र कुनै पनि फर्म दर्ता नभएपछि टेण्डर रद्द गरी नयाँ टेण्डर आह्वान गर्नुपथ्र्यो । त्यसको सट्टा ढिलो गरी आएका फर्महरु किन दर्ता गरियो भन्ने प्रश्नको जवाफ अहिलेसम्म नगरपालिकाले दिन सकेको छैन । त्यसैगरी समय गुजा...
हेटौंडाका बल प्रहरीको नियन्त्रणमा

हेटौंडाका बल प्रहरीको नियन्त्रणमा

बागमती प्रदेश
हेटौंडा, २१ फागुन । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित हेटौंडाका एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले लागूऔषध गाँजा १ किलोसहित हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ फारलाईन बस्ने ५७ वर्षीय रामबहादुर बललाई नियन्त्रणमा लिएको हो । बललाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले मंगलबार घरबाटै नियन्त्रणमा लिएको जनाइएको छ । उहाँलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही गरिरहेको मकवानपुर प्रहरीले जनाइएको छ ।...

काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ४४ जना घाइते, ६ जनाको अवस्था गम्भीर

बागमती प्रदेश
काभ्रेपलाञ्चोक, २१ फागुन । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका–५ ढाँटखर्कमा यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । मंगलबार बिहान रामेछाप जिल्लाको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ७१०२ नंको बस दुर्घटना हुँदा ४४ जना घाइते भएको प्रहरीले जनाएको छ । बस पछाडि सार्ने क्रममा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले बताए । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । घाइतेहरु सबैको उपचारका लागि धुलिखेल अस्पताल पठाइसकेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक झाले भने, ‘घाइतेहरुको नाम र ठेगाना खुलेको छैन, हामीले उपचारका लागि पहिलो प्राथमिकतामा राखेर उद्धारपश्चात् अस्पतालतर्फ पठाएका छौँ ।’ गाडीको चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस...
टिपरको ठक्करबाट हजुरबुबा र नातिनीको मृत्यु भएपछि मिलनचाेकमा तनाव

टिपरको ठक्करबाट हजुरबुबा र नातिनीको मृत्यु भएपछि मिलनचाेकमा तनाव

प्रदेश नं. १
विराटनगर, २१ फागुन । टिपरको ठक्करबाट हजुरबुबा र नातिनीको मृत्यु भएपछि विराटनगर-विराटचाेक सडक खण्डमा तनाव भएको छ । मंगलबार राति साढे ९ बजे विराटनगर– १९ मिलनचोकमा टिपरले अटोलाई ठक्कर दिँदा एकै परिवारका दुई जनाको मृत्यु भएपछि तनाव उत्पन्न भएको हो । विराटचोक–घिनाघाट सडकखण्डमा विराटनगरतर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिपरको ठक्करबाट ४५ वर्षीय बाबुराम सरदार र उनकी नातिनी ६ वर्षीया सविता सरदारको मृत्यु भएको थियो । पूर्वतर्फ जाँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटोलाई टिपरले ठक्कर दिँदा अटो चालक मोरङ ग्रामथान गाउँपालिका–२ बस्ने बाबुराम र उनको नातिनी सविताको घटनास्थलमै मृत्यु भएको थियो । एकै परिवारका दुई जनाको मृत्यु भएपछि बुधबार बिहानैदेखि स्थानीयले सडक अवरुद्ध गरेका छन् । ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको छ । दुर्घटना पछि आक्राेशित बनेका स्थानीय र आफन्तले...
प्रदेश २ को नाम र राजधानीको टुंगो २३ गते, ‘मधेस प्रदेश कि मिथिला–भोजपुरा’ ?

प्रदेश २ को नाम र राजधानीको टुंगो २३ गते, ‘मधेस प्रदेश कि मिथिला–भोजपुरा’ ?

प्रदेश नं. २
जनकपुर । मतदानमार्फत प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी टुंगो लाग्ने भएको छ । सहमति जुटाउन नसकेपछि प्रदेशसभामा निर्वाचनमार्फत राजधानी र नामको टुंगो लगाउन लागिएको हो । नाम र राजधानीको टुंगो लगाउन फागुन २३ गते मतदान हुनेछ । फागुन २२ गते बस्ने प्रदेशसभा बैठकमा नामाकरण र स्थायी राजधानी बारे टुंगो लगाउने प्रक्रियाबारे सदनलाई जानकारी गराएपछि अर्को दिन मतदान गर्ने तयारी भएको प्रदेश सभा सचिवालयले जनाएको छ । करिब ३ महिना देखि अवरुद्ध प्रदेशसभा बैठक यही २२ फागुनमा बोलाइएको छ । फागुन २२ गते दिउँसो १ बजे प्रदेशसभाको बैठकमा प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउने प्रक्रियाको कार्यसूचीबारे सदनलाई जानकारी गराइने सभामुख सरोजकुमार यादवले बताए । उनले कार्यसूचीबारे सदनलाई जानकारी गराएपछि फागुन २३ गते बिहान ८ बजेदेखि सदनमा नाम र राजधानीको प्रस्तावमा मतदान प्रक्रिया सुरु हुने जानकारी द...
जनप्रतिनिधि भारतीय नागरिक रहेको खुलासा

जनप्रतिनिधि भारतीय नागरिक रहेको खुलासा

प्रदेश नं. २
जनकपुर । महोत्तरीका एक स्थानीय तहका जनप्रतिनिधि भारतीय नागरिक रहेको खुलासा भएको छ । भारतीय नागरिक नेपालमा जनप्रतिनिधि रहेको भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उजुरी परेपछि यसको खुलासा भएको हो । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष जितेन्द्र चौधरीले भारत र नेपाल दुबै देशको नागरिक रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि सो कुरा बाहिर आएको हो । भारतीय भोेटरलिष्टमा वडाध्यक्ष चौधरी र उनका बुवा हिरा चौधरीको नाम देखिएपछि स्थानीय हरिश्चन्द्र ठाकुरले उजुरी दिएका थिए । कसैले अर्को देशको नागरिकता लियो भने उसको नेपालको नागरिकता कायम नरहने व्यवस्था नेपालको नागरिकता ऐन, २०६३ मा उल्लेख छ । तर, नागरिकताको सिफारिश र नागरिकताको प्रतिलिपि लिन सिफारिश गर्ने जनप्रतिनिधिकै दोहोरो नागरिकता भएको प्रमाण भेटिएपछि स्थानीयवासी समेत आश्चर्यमा परेका छन् । स्थानीय तहको च...