Saturday, May 18
Shadow

समाज

उपप्रधानमन्त्री ईश्वर पोखरेल: जुनसुकै बेला नेपाल ‘लकडाउन’ मा जानुपर्ने हुनसक्छ

उपप्रधानमन्त्री ईश्वर पोखरेल: जुनसुकै बेला नेपाल ‘लकडाउन’ मा जानुपर्ने हुनसक्छ

राजनीति, समाज
काठमाडौं । सरकारका ‘सेकेण्डम्यान’ उपप्रधानमन्त्री ईश्वर पोखरेलको अचेल व्यस्तता फेरिएको छ । रक्षामन्त्रीको जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री पोखरेल अहिले विश्वव्यापी फैलिएको महामारी कोरोना अर्थात कोभिड १९ विरुद्धको लडाइ कसरी लड्ने भन्ने रणनीतिमा केन्द्रित छन् । फागुन १८ गतेको मन्त्रिपरिषद बैठकबाट नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गरी त्यसको संयोजक पोखरेललाई बनाएर प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला पुनः प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका थिए । यसबीचमा पोखरेलले कोरोनाकेन्द्रित भएरै उच्चस्तरीय समन्वय समितिका बैठकहरु नियमित गर्दै पूर्वप्रधानमन्त्रीहरुसहितको सर्वदलीय बैठक राखेर महामारीविरुद्ध लड्न राष्ट्रिय संकल्प जुटाए । पछिल्ला दिनमा उनले उच्चस्तरीय समितिबाट कोरोना संक्रमणको जोखिमविरुद्ध मन्त्रालयगत कामहरुको निर्णय गराउँदै सरोकारवालाहरुसँग पनि निरन्तर...
‘काेराेना’काे त्राससँगै माैलायाे कालाेबजारी

‘काेराेना’काे त्राससँगै माैलायाे कालाेबजारी

बजार, समाज, स्वास्थ्य
काठमाडौ । कोरोना भाइरसको सङ्क्रमण र महामारी बढेसँगै नेपाली बजारमा अत्यावश्यक वस्तुहरूको आयात–निर्यातमा कुनै असर नपरे पनि कालोबजारी गर्नेहरूको बिगबिगी भने निकै बढेको छ ।   कोरोना भाइरस महामारीले मानिसहरूमा त्रास बढिरहेको अवस्थाको फाइदा उठाउँदै नेपालमा कालोबजारियाहरू निकै मौलाएका छन् । चीनमा कोरोना भाइरस महामारी उच्च बिन्दुमा पुगेको बेला नै नेपालका बजारहरूमा सर्जिकल मास्कको अभाव थियो । यसअघि नै बजारमा कृत्रिम अभाव उत्पन्न गरी लुकाइएका १० लाख मास्क प्रहरीले बरामद गरेको छ र मास्क लुकाउने व्यापारीलाई पक्राउ गरेको छ । बरामद गरिएका मास्क सरकार आफैँले बेच्ने भएको छ । सरकारले सबै प्रकारका उपभोग्य वस्तुहरूको आयात सहज रूपमा भैरहेको र कुनै अभाव नभएको बताइरहँदा पनि बजारमा बिचौलियाहरूले कृत्रिम अभाव उत्पन्न गरेर उपभोक्तलाई ठगिरहेका छन् तर देशव्यापी मच्चिएको लूट नियन्त्रण गर्न सकेको छैन । पेट्र...
बास्काेटाकाे ७० करोड कमिसनको अख्तियारद्वारा अनुसन्धान

बास्काेटाकाे ७० करोड कमिसनको अख्तियारद्वारा अनुसन्धान

राजनीति, समाज
काठमाडौं : चैत ३, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटा नै कमिसन काण्डमा मुछिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद कमिसन प्रकरणबारे छानविन थालेको छ । अख्तियारले केही दिनअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयललाई पत्र पठाएर सुरक्षण मुद्रण (सेक्युरिटी प्रिन्टिङ प्रेस) खरिद प्रकरणसँग सम्बन्धित सम्पूर्ण फाइल माग गरेको हो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका क्रममा सञ्चार मन्त्रालयमा अनियमितता भएको भनेर आयोगमा उजुरी आएपछि आयोगले अनुसन्धान सुरु गरिएको जनाएको छ । अख्तियारका तीन जना अधिकारीले प्रकरणको अनुसन्धान गरिरहेका छन् । स्वीट्जरल्याण्डको केबीए–नोटासिस एसए कम्पनीको नेपाल प्रतिनिधि दाबी गर्ने विजयप्रकाश मिश्रले सुरक्षण मुद्रण खरिद प्रक्रियामा छलफल हुँदा बास्कोटाले करिब ७० करोड कमिसन मागेको आरोप लगाउँदै त्यस सम्बन्धि अडियो टेप सार...
मास्क व्यापारीहरु स्वास्थ्यमा खेलवाड गर्दै

मास्क व्यापारीहरु स्वास्थ्यमा खेलवाड गर्दै

बजार, समाज
काठमाडौं । काठमाडौंको सतुंगलबाट करिब ६ लाख थान सर्जिकल मास्क बरामद भएको छ । मास्क उत्पादन र निर्यातकर्ताहरु स्वास्थ्यमाथि खेलवाड गर्दै कालाेबजारियालाई बढावा दिइरहेका छन् । चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवी गोदाममा १२० वटा कार्टुनमा राखिएका मास्क प्रहरीले साेमबार बरामद गरेको छ । यसअघि पनि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो ।...
हिमेश पन्त बने कमेडी च्याम्पियन

हिमेश पन्त बने कमेडी च्याम्पियन

समाज
काठमाडौँ — रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन् ।शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएका हुन् । उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन्। कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको फिनालेमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए। धादिङका हिमेश युट्युबबाट परिचित भइसकेका प्रतिभा हुन्। उनले बनाएको र खेलेको छोटा हास्य भिडियोले लाखौं भ्युज पाएका छन्। उनले ‘कमेडी सर्कल’ नामक प्लेटफर्ममा पनि नियमित स्ट्यान्डप–कमेडी गरेका थिए।शोको फाइनलिस्टमा सुमन कोइराला र खड्गबहादुर पुनमगर पनि थिए। विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए। भण्डारीले यसअघि नै दोस्रो संस्करणको घोषणा गरिसकेका छ...
हिमेश पन्त बने ‘कमेडी च्याम्पियन’

हिमेश पन्त बने ‘कमेडी च्याम्पियन’

समाज
नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन्। शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्। फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए। उनले २५ लाख नगद र कार प्राप्त गरेका छन्। विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए। ...
सर्वोच्चको नजिरले विप्लवलाई फाइदा, आस्थाकै आधारमा पक्राउ गर्न नमिल्ने

सर्वोच्चको नजिरले विप्लवलाई फाइदा, आस्थाकै आधारमा पक्राउ गर्न नमिल्ने

राजनीति, विशेष खबर, समाज
सन्तोष भट्टराई काठमाडाैं । सर्वोच्च अदालतले कुनै पनि नागरिकलाई बिना कारण बन्दी बनाएर राख्न नमिल्ने नयाँ नजिर स्थापित गरेको छ। सर्वोच्चले कसैलाई पनि निरन्र। थुनामा राख्नु ‘अनुचित, अतार्किक र जवाफदेहिताहीन कार्य’ भएको फैसला गरेको हो। सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासलले एक बन्दीप्रत्यक्षीकरण रिटको फैसलको पूर्णपाठ सार्वजनिक गर्दै यस्तो नजिर कायम गरेको हो। सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी खिमबहादुर खड्कालाई प्रहरीले पहिलो पटक नियन्त्रणमा लिएको थियो। उनलाई ०७५ फागुन १९ मा श्रीमतीको उपचार गराउन जाँदै गर्दा तम्घासबाट पक्राउ गरेको थियो। खड्कालाई ०७५ चैत १५ मा जिल्ला अदालतले १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। धरौटी बुझाएर रिहा भएका खड्कालाई प्रहरीले पुनः पक्राउ गर्‍यो।...
बास्काेटा निवासमा बम बिस्फाेट : विप्लव नेतृत्वको नेकपाले जिम्मा लियाे

बास्काेटा निवासमा बम बिस्फाेट : विप्लव नेतृत्वको नेकपाले जिम्मा लियाे

राजनीति, विशेष खबर, समाज
काठमाडौ । विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड घूस मागेकाे अडियाे सार्वजनिक भएपछि राजिनामा दिएका निवर्ततमान सञ्चार मन्त्री गाेकुल बास्कोटाकाे घरमा अाफुले बम बिस्फाेट गराएकाे बताएकाे छ । उनलाई  भ्रष्टाचारी घोषणा गर्दै बुधबार बिहान भक्तपुरमा रहेको उनको घरमा बम विस्फोट गरेको पर्चामार्फत जिम्मा लिइएकाे हाे । ‘भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ?’ भनेर घटनास्थलमा छाडिएको भनिएको पर्चामा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले करबाही गरिएको भनिएको छ । पर्चामा दश वटा तर्क अघि सारिएको छ । बुँदागत रुपमा विष्फोटकको कारण उल्लेख गर्दै भनिएको छ, ‘२४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौं रकम भ्रष्टाचार गरेकाले, १९ अर्बको फोरजी सेवा विस्तारका दौरान करोडौं रकमको दुरुपयोग गरेकाले, १० ...
‘कोरोना’बाट नडराएर सतर्कता अपनाउन आग्रह

‘कोरोना’बाट नडराएर सतर्कता अपनाउन आग्रह

समाज, स्वास्थ्य
काठमाडौँ । कोरोना भाइरसबाट डराउनु नपर्ने तर सतर्कता अपनाउनु पर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । उनीहरुले नेपालमा अहिले नै आतंकित हुनु पर्ने अवस्था नभएको बताए । मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कोरोना भाइरसको सम्भावित संक्रमणपछि अपनाउनुपर्ने सबै तयारी सरकारले गरेको बताए । उनले आतंकित गर्नेगरी समाचारलाई सम्प्रेशण नगर्न संचारमाध्यमलाई आग्रह समेत गरे । मन्त्री रावतले स्वास्थ्य मन्त्रालयले तीनवटै सरकारसँग समन्वय गरेर कोरोना भाइरसविरुद्ध तयारी गरिरहेको जानकारी समेत दिए । कार्यक्रममा हालै चीनको वुहानबाट फर्किएका डा. रमेश आचार्यले ज्वरो र रुघाखोकी लाग्दैमा आत्तिनु नपर्ने बताए । उनले एकैपटक १०२ डिग्री ज्वरो आउनु कोरोनाको पहिलो र मुख्य लक्षण भएको बताए । त्यसैगरी श्वासप्रशासमा समस्या र सुख्खा खोकी लागिरहे तुरुन्त स्वास्थ...
आठ मार्चकाे पुर्वसन्ध्यामा महिला पत्रकारहरु सम्मानित

आठ मार्चकाे पुर्वसन्ध्यामा महिला पत्रकारहरु सम्मानित

समाज
काठमाडौं । ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसर पारेर नेपाल पत्रकार महासंघ, केन्द्रीय महिला समितिले बिहीबार ‘महिला पत्रकार साँस्कृतिक महोत्सव २०७६’ आयोजना गरेको छ । कार्यक्रममा वरिष्ठ महिला पत्रकार, महासंघका प्रदेश समितिका महिला उपाध्यक्ष, महिला फोटो पत्रकार तथा सगरमाथाको सफल आरोहण गर्ने महिला पत्रकारहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा गीत, गजल तथा नृत्यतर्फ उत्कृष्ट हुने पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत  गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्मानित पत्रकारहरुलाई बधाई दिँदै पत्रकारिता क्षेत्रमा महिला पत्रकारको संख्या कम रहेको भएतापनि पेशाप्रतिको आकर्षण बढ्दै गएको बताउनु भयो । मन्त्री भट्टराईले थप कार्ययोजनाका साथ अघि बढ्नु पर्ने बताउँदै महिला पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिम तथा आवश्यक सहयोगका लागि सहकार्यगर...
प्रहरीकाे निष्कर्ष : रतन शहिदका छाेरा, विप्लवमा असंलग्नता

प्रहरीकाे निष्कर्ष : रतन शहिदका छाेरा, विप्लवमा असंलग्नता

समाज
काठमाडौँ । सत्तारुढ (नेकपा) का अध्यक्ष प्रचण्डलाई जुत्ता हान्‍ने रतन तिरुवाका बुबा जनयुद्धमा सहिद भएको पुष्टी भएको छ । प्रहरीको छानविन समितिले रतनका बुबा मोहन तिरुवालाई जनयुद्धको क्रममा सुरक्षाकर्मीले हत्या गरेको भेटाएसँगै यो पुष्टी भएको हो । महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाको संयोजकत्वमा गठित छानबिन समितिले रतन विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध भएको पनि नभेटिएको बताएको छ । समितिले विहीबार बुझाएको प्रतिवेदनमा रतनका बुबालाई २०५६ सालमा सुरक्षाकर्मीबाट मारिएको उल्लेख गरेको छ । त्यसैगरी प्रहरी प्रतिवेदनमा रतनले योजनाबद्ध नभएर आबेगमा आएर जुत्ता हानेको पनि उल्लेख छ । एसएसपी थापाका अनुसार तिरुवा विप्लव नेतृत्वको नेकपासँग संलग्‍न नभएको समेत प्रतिवेलनमा उल्लेख छ । तिरुवाले जुत्ता हानेपछि अनुसन्धानको लागि थापाको नेतृत्वमा काठमाडौं परिसका डीएसपी होविन्द्र बोगटी र महा...
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल, स्वास्थ्य स्थिर

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल, स्वास्थ्य स्थिर

विशेष खबर, समाज, स्वास्थ्य
२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जका प्रा. डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो । सोमबार नै अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई बुधबार विहान करिव १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो । र, दिउँसो ३ बज्नै लाग्दा शल्यक्रिया सकिएको थियो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत ओलीलाई भान्जी समीक्षा संग्रौलाले आफ्नो एउटा मिर्गौला दिएकी हुन् । स्वास्थ्य स्थिर ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि कात्तिकबाट नियमित डायलासिस गर्न थालिएको थियो । र, बुधबार दोस्रो प्रत्यारोपण सफल भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. प्रेम...
सुचना विभागलाई महासंघकाे अल्टिमेटम

सुचना विभागलाई महासंघकाे अल्टिमेटम

राजनीति, समाज, सूचना प्रविधि
काठमाडौ, २१ फागुन । नेपाल पत्रकार महासंघले न्युनतम पारिश्रमिक नदिने सञ्चारगृहलाई कारवाही गर्न सूचना तथा प्रशारण विभागमा एकहप्ते अल्टिमेटम बुझाएकाे छ । महासंघ अन्तर्गतकाे श्रमजीवी हित प्रवर्द्धन समितिका संयाेजक रामप्रसाद दाहालकाे नेतृत्वमा गएकाे टाेलीसँग विभागका महाप्रवन्धक लेखनाथ शर्माले ऐन अनुसार सेवासुविधा नदिने सञ्चारमाध्यमलाई ध्यानाकर्षण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । "हामी अध्ययन गरेर केही कदम चाल्छाैं, पत्रकार महासंघलाई निरन्तर सहकार्य गर्न अाग्रह गर्दछु," महाप्रबन्धककाे भनाई उदृत गर्दै समितिका सह-संयाेजक जन्मदेव जैसीले बताए । टाेलीले पटक-पटककाे ध्यानाकर्षणलाई अझै बेवास्ता गरे चरणबद्ध अान्दाेलनमा जाने चेतावनी दिएकाे पत्रकार महासंघ केन्द्रीय सदस्यसमेत रहेका जैसीले जानकारी दिए। छलफलमा केन्द्रीय सदस्य तथा समिति सदस्य यम विरही र महासंघ उपत्यका अध्यक्ष तथा सदस्य एनके दाहालल...
वसन्तपुरमा ठडियो चीर, सुरु भयो होली

वसन्तपुरमा ठडियो चीर, सुरु भयो होली

कला/साहित्य, समाज
२० फागुन, काठमाडौं । फागु अर्थात् होली पर्व सुरु भएको जनाउ दिन काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएको छ । मंगलबार बिहान ७ बजेर ५७ मिनेटको साइतमा विधिपूर्वक चीर ठड्याइएको हो । वसन्तपुरमा चीर ठड्याएपछि काठमाडौं उपत्यकासहित देशभर होली पर्व सुरु भएको मानिन्छ । वसन्तपुरमा चीर ठड्याइसकेपछि हर्ष बढाइँ गरिएको थियो । साथै सहभागीहरुबीच रंगीबिरंगी अबिर दलेर खुसीयाली मनाइएको थियो ।   फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ । यस वर्ष होलीको मुख्य दिन काठमाडौंलगायत पहाडी जिल्लाहरुमा फागुन २६ गते र तराई मधेसका जिल्लाहरुमा फागुन २७ गते सार्वजनिक विदा दिइएको छ । रंगीचंगी कपडाहरु बाँधिएको तीन तले चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ ।        ...
महाशिवरात्रिमा ११७ वर्षपछि शनि र शुक्रको दुर्लभ योग

महाशिवरात्रिमा ११७ वर्षपछि शनि र शुक्रको दुर्लभ योग

समाज
एजेन्सी : आज शिवरात्रि हो । आजको दिन ११७ वर्षपछि शनि र शुक्रको दुर्लभ योग बनिरहेको छ । भारतका ज्योतिषाचार्य पं, मनिष शर्माका अनुसार शिवरात्रिमा शनि आफ्नो घरराशि मकरमा र शुक्र आफ्नो उच्च राशि मीनमा रहेको छ । यो दुईवटै ठूला राशि शिवरात्रिमा यस्तो स्थितीमा रहनु दुर्लभ योग हो ।यो भन्दा पहिले सन् १९०३ को फेब्रअरी २५ मा यस्तो योग बनेको थियो । पं. शर्माका अनुसार शिवरात्रिमा गुरु पनि आफ्नो स्वराशि धनु राशिमा रहन्छन् । २१ फेब्रअरीको सर्वार्थ सिद्धि योग पनि पर्नेछ  । पूजाआजा र नयाँ कामको सुरुवातको लागि यो समय निकै शुभ मानिन्छ । यस दिन शनि चन्द्रको विष योग बन्छ । यो दुवै ग्रह मकर राशिमा रहन्छन् । बुध र सूर्य कुम्भ राशिमा एक साथ रहन्छन् । जसले बुध–आदित्य योग बन्छ । यो दिन मिथुन राशिमा राहु र धनु राशिमा केतु रहन्छ । शेष सबै ग्रहको राहु–केतुको बीचमा रहन्छन् । जसले सर्प योग बन्छ ।...
प्रचण्डलाई जुत्ता हान्ने युवकको बयान : बर्गसंघर्षको कुरा चित्त बुझेन, आवेशमा जुत्ता हानेँ

प्रचण्डलाई जुत्ता हान्ने युवकको बयान : बर्गसंघर्षको कुरा चित्त बुझेन, आवेशमा जुत्ता हानेँ

राजनीति, विशेष खबर, समाज
१८ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्ने जुम्लाका रतन तिरुवाले भाषण चित्त नबुझेपछि आवेशमा जुत्ता हानेको बयान दिएका छन् । राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा संबोधनपछि प्रचण्डलाई ताकेर जुत्ता हानेका उनले भाषणका क्रममा वर्ग संघर्षको कुरा चित्त नबुझेपछि आवेशमा घटना भएको बताएका हुन् । ‘भाषण सुनिरहेको थिएँ । भाषणमा वर्गसंघर्षको कुरा चित्त बुझेन, आवेशमा आएर जुत्ता हानेँ’ सिंहदरबार प्रहरी वृत्तमा प्रहरीसमक्ष उनले बयानमा भनेका छन् । राष्ट्रियसभा गृहको कार्यक्रममा संबोधनपछि आफ्नो सिटमा फर्किएका प्रचण्डलाई ताकेर तिरुवाले जुत्ता हानेका थिए । तर जुत्ता प्रचण्डसम्म पुगेन ।...