Saturday, April 27
Shadow

गण्डकी प्रदेश

पुर्व प्रधानमन्त्रीहरूले चुनाव नलडाैं भन्छन् बाबुराम

पुर्व प्रधानमन्त्रीहरूले चुनाव नलडाैं भन्छन् बाबुराम

mainnews, गण्डकी प्रदेश
काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा परामर्श गर्न थालेका छन् । यसअघि गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भट्टराई आगामी मंसिर ४ गते प्रतिनिधि सभा चुनावमा आफू विश्राम लिएर युवालाई अघि सार्ने मुडमा पुगेका छन् । सत्ता गठबन्धनको सिट बाँडफाँटमा गोरखा-२ माओवादीको भागमा परिसकेकाले भट्टराईलाई चुनाव लड्न समस्या छैन । तर, उनले आगामी चुनावमा युवालाई अघि सारेर आफू वैचारिक क्षेत्रमा काम गर्ने बताउने गरेका छन् । ‘बाबुराम सरको कुरा पूर्व प्रधानमन्त्री र ७० पुगेका वा नजिक भएका नेता चुनाव नलडौँ भन्ने हो । हामीले अभिभावकीय भूमिका निर्वाह गरौं भनिराख्नु भएको छ’ भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले भने,‘त्यसैले, आफू नलडेर युवालाई अघि सार्न खोज्नु भएको छ । आगामी चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा निर्णयमा पुगिसक्नु भएको छैन ।’ भट्टराईले आगामी चुनाव नल...
गण्डकी प्रदेश: थप १० जनामा संक्रमण पुष्टि

गण्डकी प्रदेश: थप १० जनामा संक्रमण पुष्टि

गण्डकी प्रदेश, स्वास्थ्य
गण्डकी प्रदेशका ६ जिल्लामा थप १० जना कोरोना संक्रमित फेला परेका छन् । कास्कीमा ३ जना, तनहुँ र बाग्लुङमा २–२ जना तथा गोरखा, स्याङ्जा र पूर्वी नवलपरासीमा १–१ जना कोरोना संक्रमित फेला परेका हुन् ।यससँगै गण्डकी प्रदेशमा कोरोना पुष्टि हुनेहरुको संख्या १ हजार ६ सय ९२ पुगेको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको भानु नगरपालिका वडा नं. २ र ४ मा एक–एक जना पुरुषमा संक्रमण देखिएको छ । कास्कीको पोखरा महानगरपालिकाको वडा नं. ५ मा एक जना र वडा नं. ८ मा दुई जना संक्रमित फेला फेला परेका छन् । वडा नं. ८ मा संक्रमण पुष्टि हुनेमा एक जना महिला हुन् । यस्तै बागलुङको बागलुङ नगरपालिका वडा नं. ३ मा १ जना र बडिगाड गाउँपालिका–६ मा १ जना गरी दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।गोरखाको गोरखा नगरवपालिकामा ४७ वर्षीया एक महिलामा पनि कोरोना संक्रमण पाइएको छ । उनको वडा नं. खुलेको ...
पहिरोले गोर्खाको नौली खोला थुनियो

पहिरोले गोर्खाको नौली खोला थुनियो

गण्डकी प्रदेश, समाज
गोरखाको धार्चे गाउँपालिका–७ लापुस्थित मापुडाँडामा पहिरो जाँदा नौली खोला थुनिएको छ । शुक्रबार रातिबाट माथिल्लो चिंगार डाँडा नै खसेर खोला थुनिएको स्थानीय बिरवल गुरुङले बताए । ‘हिजो बेलुकी सात बजेदेखि पहिरो खस्न शुरु गरेको हो,’ उनले भने, ‘माथि डाँडाबाट खसेको पहिरो गएर खोलामा थुप्रियो, राति दश बजेतिर लापु गाउँको मापु भन्ने ठाउँमा खोला नै थुनियो ।’ अहिले पनि पहिरो नरोकिएको उनले जानकारी दिए । खोला थुनिएसँगै लापुवेशीको बान्द्राङ, नौलीखोला र नयाँवस्तीदेखि झरनासम्मको गाउँका करिव ८० घरधुरी जोखिममा रहेको उनले बताए । ‘अहिले खोला पुरै थुनिएको छ, बाँध फुट्यो भने लापुबेसीलाई पनि खतरा छ,’ उनले भने । जोखिम वस्तीका स्थानीयलाई सुरक्षित स्थानमा लगेर राखिएको वडाध्यक्ष सूर्यमान गुरुङले बताए । ‘पहिरो अझै रोकिएको छैन, माथि दुई वटा ठुला ढुङ्गा छन् त्यो खस्यो भने झन् खतरा छ,’ उनले भने । पहिरोका कारण मापुडा...
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पहिरोमा परी तीन जनाको मृत्यु

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पहिरोमा परी तीन जनाको मृत्यु

गण्डकी प्रदेश, विशेष खबर, समाज
कास्कीको माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखमा पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । गएरातिदेखि अविरल परेको वर्षाका कारण स्थानीय प्रेम विकको घरमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विक रहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए । मृतक तीनै जना प्रेम विकका नातिनातिनी हुन् । उनले घरका अन्य सदस्य घरमुली प्रेम विक र उनकि श्रीमती भने सकुशल रहेको जानकारी दिए । ‘पहिरो गएको कतिबेला हो भन्ने नै एकिन भएन । हामीले पनि बिहान मात्रै थाहा पायौं,’ प्रवक्ता हमालले भने, ‘जानकारी हुने बित्तिकै टोली पुगेर शव बाहिर निकालिसकेका छौं ।’ उनले प्रेम विकको बुहारी छोरीसहित माइत गएकाले उनीहरु भने सुरक्षित रहेको जानकारी दिए । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र कास्की प्रहरी प्रमुख...
म्याग्दी पहिरोमा बेपत्ता भएका  तीन जना जीवितै सम्पर्कमा

म्याग्दी पहिरोमा बेपत्ता भएका तीन जना जीवितै सम्पर्कमा

गण्डकी प्रदेश
म्याग्दी।म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङमा तीन दिनअघिको पहिरोमा हराइरहेका थप एक जनाको शव भेटिएको छ। मराङको कुम्रीका खिमबहादुर जुग्जालीको शव भेटिएसँगै म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरोमा परिएर मृत्यु हुनेको सङ्ख्या २८ जना पुगेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिए। प्रहरीका अनुसार बेपत्ता भएका तीन जना जीवितै सम्पर्कमा आएका छन्। चार जना अझै बेपत्ता छन्। मराङका १९, मालिका–७ बिमका आठ र रघुगङ्गा–६ ठाडाखानीका एक जनाको शव भेटिएको छ। पहिरोले पुरिएका मालिका–७ बिमकी एलिसा केसी, धवलागिरि–६ कल्लेनीकी जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता भएकी मालिका–६ की गीता रोका भेटिएका छैनन्। प्रहरीका अनुसार पहिराको जोखिममा रहेका धवलागिरि गाउँपालिकाका ५९०, मालिकाका १९६, रघुगङ्गाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ। पहिरोमा...
म्याग्दीमा पहिरो : २७ जनाको मृत्यु, झण्डै एक हजार विस्थापित

म्याग्दीमा पहिरो : २७ जनाको मृत्यु, झण्डै एक हजार विस्थापित

गण्डकी प्रदेश, समाज
म्याग्दी । म्याग्दीमा शुक्रबार परेको वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । चार जना अझै हराइरहेका छन् भने १२ जना घाइतेको बेनी, पोखरा र काठमाडौंको अस्पतालमा उपचार भइरहेको छ । पहिरो धवलागिरी गाउँपालिकाको मराङ, कल्लेरी, राम्चे र रिखामा धनजनको क्षती गरेको छ । यस्तै मालिका गाउँपालिकाको बिमा, दुले र नुरवाङमा धेरै क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय, म्याग्दीबाट प्राप्त वितरणअनुसार धवलागिरी गाउँपालिकामा मात्र १८ जनाको मृच्यु भएको छ । मृत्यु हुनेमा धवलागिरी-६ मराङका तुबहालुर क्षेत्री, सुकना लामागादे, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कलला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली छन् । यस्तै १८ वर्षका प्रकाश केसी, अन्दाजी ३३ वर्षकी हिरा मति जुग्जाली, अ. ७ वर्षकी करिश्मा, अ. ५ वर्षकी कञ्चन, ५५ वर्षकी गौशरा, २० वर्षकी दिमा, उनक...
म्याग्दीमा १२ जनाको शव भेटियो, २३ जना अझै बेपत्ता

म्याग्दीमा १२ जनाको शव भेटियो, २३ जना अझै बेपत्ता

गण्डकी प्रदेश, समाज
म्याग्दी । म्याग्दीको पहिरोमा हराइरहेकामध्ये १२ जनाको शव भेटिएको छ, २३ जना अझै बेपत्ता छन् । बिहीबार राति परेको वर्षाका कारण म्याग्दीका बिभिन्न ठाउँमा गएको बाढीपहिरोमा परेर धेरै मानिस वेपत्ता भएका थिए । शुक्रबार तीन जनाको शव भेटिएको थियो । धवलागिरि गाउँपालिका ६ मराङमा एक बालकसहित ९ जनाको शव भेटिएको म्याग्दी प्रहरी प्रमुख डीएसपी किरणजङ कुँवरले जानकारी दिए । उनीहरूको थप विवरण आउन बाँकी छ । मराङमा एक सुत्केरी महिलासहित ८ जनालाई तत्काल उद्धार गर्नुपर्ने देखिएको छ भने ५ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । उद्धार टोली अझै मराङ पुग्न सकेको छैन । मालिका बिममा भने टोली पुगेको छ । बिममा ९ जना पहिरोमा पुरिएका छन् । शुक्रबार उद्धार टोली लिएर हेलिकप्टर जान लागेको थियो । तर पानी र हुस्सुका कारण तीन पटकसम्म हेलिकप्टर फर्किएको थियो । अझै बेपत्ता हुनेहरुमा धवलागिरि ६ मराङका १४ जना र मा...
बाढीले पूर्वी नवलपरासीमा डाइर्भसन बग्यो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

बाढीले पूर्वी नवलपरासीमा डाइर्भसन बग्यो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

गण्डकी प्रदेश, समाज
पूर्वी नवलपरासीको गैँडाकोटमा बाढीले डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहान चार बजेदेखि राजमार्ग अवरुद्ध भएको हो । लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । बाटो बन्द भएपछि गन्तव्यमा हिँडेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले सडक विस्तारका क्रममा डाइभर्सन निर्माण गरेको थियो । अहिले सोही कम्पनीले नयाँ डाइभर्सन बनाउने तयारी गरिरहेको छ । हाल गैँडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर सडकखण्ड विस्तारको काम भइरहेको छ ।...
म्याग्दीमा पहिरोमा परी ३ जनाको मृत्यु, ३१ बेपत्ता

म्याग्दीमा पहिरोमा परी ३ जनाको मृत्यु, ३१ बेपत्ता

गण्डकी प्रदेश, समाज
म्याग्दी। लगातारको वर्षापछि आएको पहिरो र बाढीका कारण म्याग्दीमा ३ जनाको मृत्यु भएको छ, ३१ जना बेपत्ता भएका छन् । जिल्लाको धौलागिरि गाउँपालिका- ७ ताकममा २ जना र रघुगंगा गाउँपालिकामा १ जनाको शव भेटिएको म्याग्दीका प्रहरी प्रमुख डीएसपी किरणजंग कुँवरले जानकारी दिए । रघुगंगा गाउँपालिका- ६ मा गोठ जान हिँडेका ३४ वर्षका ललितमान छन्त्याल लापुखोला तर्ने क्रममा चिप्लिएर बेपत्ता भएका थिए । उनको शव भेटिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । पहिरोले धौलागिरि, रघुगंगा र मालिका गाउँपालिका बढी प्रभावित भएको छ । धौलागिरि गाउँपालिका –६ का २३ जना र मालिका गाउँपालिका–७ बिमका ८ जना वेपत्ता भएका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । पहिरो प्रभावित क्षेत्रमा उद्धार टोली पुगेको प्रजिअ ढकालले जानकारी दिए । ‘रघुगंगामा पुलै बगाएको छ । पहिरो छिचोल्दै जान पनि कठिन भइरहेको छ’ उन...
तनहुँ शुक्लागण्डकीमा सेती र सुरौदी पस्यो, १५० को उद्धार

तनहुँ शुक्लागण्डकीमा सेती र सुरौदी पस्यो, १५० को उद्धार

गण्डकी प्रदेश, समाज
दमौली ।तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकमा सेती नदी पसेको छ । तनहुँ यस क्षेत्रमा बढीमा फसेका १५० बढीको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिएका छन् । शुनपा ८ का वडाध्यक्ष कृष्ण रेग्मीका अनुसार सेती नदी र सुरौदी खोलाले बस्तीमा पसेर थप क्षति पु¥याउने आशंकाका जोखिममा रहेका परिवारको उद्धार गरिएको हो । प्रहरी र सैनिक हाल सो क्षेत्रमा खटिएका छन् । नदीले बस्तीलाई खसाल्ने जोखिम बढेको छ । शुक्लागण्डकी नगरपालिका– वडानम्बर ४ र ८ मा पर्ने क्षेत्रमा ५०  भन्दाबढी घर छन् ।...
म्याग्दी पहिरोमा वेपत्ताको हुनेको संख्या २९ पुग्यो

म्याग्दी पहिरोमा वेपत्ताको हुनेको संख्या २९ पुग्यो

गण्डकी प्रदेश, समाज
बेनी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा शुक्रबार बिहान पहिरो जाँदा २९ जना वेपत्ता भएका छन् ।  धवलागिरी-६ का २१ र मालिका-७ बिमका ८ जना वेपत्ता भएका सम्बद्ध वडाका अध्यक्षले जानकारी दिएका छन् । मराङको रिखामा ७, नामरुकमा १०, ठूलोगाउँमा १ र कुम्रिमा १ जना वेपत्ता भएका वडा अध्यक्ष राजाराम सवेदीले बताए । रिखका भिमप्रसाद जुग्जालीको घरका चार र धनबहादुर जुग्जालीको घरका तीनजना वेपत्ता भएका हुन् । भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको वडा सदस्य लोकबहादुर पुनले बताए । घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका छन् । घण्टीवाङ मुनीको रिखामा छ घरको बसोबास थियो । चार घर विस्थापित भएका छन् । सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले तीन वटा घर बगाउँदा तीन जना वेपत्ता भएका छन् । ताजिमा केसी, उनका छोरा प्रकाश र सबिन पुन वेपत्ता भएका हुन् । सबिन साथीको घरमा सुत्न गएका थिए । परदेवी ...
गण्डकी प्रदेशमा पहिरोबाट ७ को मृत्यु, ९ बेपत्ता

गण्डकी प्रदेशमा पहिरोबाट ७ को मृत्यु, ९ बेपत्ता

गण्डकी प्रदेश, समाज
बिहीबार सिन्धुपाल्चोकमा बाढीको बितण्डाबाट २ को मृत्यु र २० जना बेपत्ता भएकामा शुक्रबार फेरि गण्डकी प्रदेशका विभिन्न स्थानमा पहिरोले धनजनको क्षति भएको खबर छ ।   प्राप्त जानकारीअनुसार प्रदेशको म्याग्दी, कास्की र लमजुङमा पहिरोबाट ७ जनाको मृत्यु हुनुका साथै ९ जना बेपत्ता भएका छन् । यस्तै ठाउँठाउँमा पहिरोका कारण सडक अवरुद्ध बनेको छ । अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । थापाको घरमा बिहीबार परिवारमा ज...
गण्डकीमा १३ कोरोना संक्रमित थपिए

गण्डकीमा १३ कोरोना संक्रमित थपिए

गण्डकी प्रदेश, स्वास्थ्य
पोखरा । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ स्थानीय तहमा नयाँ संक्रमित फेला परेका हुन् । संक्रमण पुष्टि हुनेमा पोखरा महानगरका १० जना छन् । उनीहरु २५ देखि ५१ वर्ष उमेर समूहका पुरुष छन् । उनीहरुमध्ये अन्नपूर्ण गाउँपालिका ठेगाना भएका एक जना, कुवेतबाट आएका २ जना, साउदी अरबबाट आएका ४ जना, युनाइटेड अरब इमिरेट्सबाट आएका एक जना र भारतबाट २ जना रहेको पोखरा महानगरपालिका स्वास्थ्य शाखा प्रमुख हेमन्त पौडेलले जानकारी दिए । त्यस्तै, कास्कीकै मादी गाउँपालिकामा पनि ३ जना कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये एक जना २८ वर्षीया महिला हुन् भने ३५ र ३७ वर्षका २ जना पुरुष हुन् ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सबैजना सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र आइसोलेसनमा लैजाने तयारी भइरहेको जानकारी दिएको ...

अज्ञात समूहद्वारा डोजरमा आगजनी

गण्डकी प्रदेश
अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेका छन्। क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा गएराती आगजनी भएको हो। आगजनीबाट ब्याकुहोलाडरको सबै भाग जलेर नष्ट भएको र स्काभेटरको आधा भाग जलेपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक रामचन्द्र अधिकारीले जानकारी दिए। प्रहरी, जनप्रतिनिधि र निर्माण कम्पनीका प्रतिनिधिले आगो निभाएका थिए। आगजनी कसले के कारणले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए। सडकको नजिकै पार्किङ गरेका निर्माण उपकरण आगजनी भएको सो कम्पनीका सञ्चालक सोमनाथ थकालीले बताए। उनका अनुसार आगजनीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत लाम्पाटादेखि दरवाङ जोड्ने छ किलोमिटर ...