Saturday, April 27
Shadow

प्रदेश खबर

काँग्रेस शंखरापूर-७ को वडा सम्मेलन सम्पन्‍न

काँग्रेस शंखरापूर-७ को वडा सम्मेलन सम्पन्‍न

बागमती प्रदेश, राजनीति
काठमाडौं- नेपाली कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले भ्रष्टाचारमुक्त देश निर्माणमा लाेकतान्त्रिक मूल्य मान्यताकाे व्यवस्था जरूरी भएकाे बताउनुभएकाे छ । शंखरापूर नगरपालिका वडा नं ७ को प्रथम वडा सम्मेलन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा बाेल्दै नेता श्रेष्ठले मुलुकलाई समृद्धितिर लैजान लाेकतान्त्रिक शक्तिहरू एकजुट हुनुकाे विकल्प नभएकाे बताउनुभयाे । शंखरापूर नगरपालिका वडा नं ७ को प्रथम वडा सम्मेलन तथा सम्मान कार्य क्रम आज सम्पन्‍न भएको छ । कार्यक्रममा विशिष्ठ अतिथि तरूण दल केन्द्रीय सदस्य जगधिश चन्द्र खाँडको उपस्थिति रहेको थियो। काठमाडौं निर्वाचन क्षेत्र नं २ का कांग्रेस नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको यस वडा सम्मेलनको सभापतित्व यसै वडाका ईकाइ सभापति श्रीजन श्रेष्ठले गर्नुभएकाे थियाे । यस सम्मेलनमा पार्टी संगठनलगायत नेपाली कांग्रेस पार्टीको इतिहास वर्तमान अवस्...
मलाई किन स्पष्टीकरणको मौका दिइएन ? : प्रचण्ड

मलाई किन स्पष्टीकरणको मौका दिइएन ? : प्रचण्ड

mainnews, प्रदेश खबर, विशेष खबर
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिबारे प्रश्न उठेपछि आफूले स्पष्टीकरण दिन खोजे पनि नपाएको बताएका छन् । सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिमा प्रश्न उठेपछि प्रस्ट पार्न खोजे पनि सदन अवरुद्ध गरेर मौका नदिएको बताए । ‘गम्भीर प्रश्न उठेपछि मैले पहिला बोल्ने अवसर माग गरेको थिएँ । म त सुरु देखि स्पष्ट पार्न तयार भएको थिएँ , तर किन संसद् अवरुद्ध गर्नुभयो ?’, प्रचण्डले भने,  ‘स्पष्टीकरणको मौका पनि नदिई राजीनामा माग्ने ? के त्यही हो संसदीय अभ्यास ?’ उनले आफ्नो अभिव्यक्तिबारे जे हो त्यही भन्न रोष्टममा खडा भएको बताए । संसदीय अभ्यास र पद्धति  कस्तो हुनुपर्छ प्रतिपक्ष दलका संसदहरुलाई राम्रोसंग थाहा भएको समेत प्रचण्डले बताए ।   ‘संसदमा उभिएर यर्थाथ के हो ? मेरो कमजोरी भयो भने कहाँ भयो भनेर भन्न पाउनु पर्दैन ? किन ३ दिनसम्म सं...
हात्तीलाई कसैले पनि हल्लाउन सक्तैन : कांग्रेस नेता बस्नेत

हात्तीलाई कसैले पनि हल्लाउन सक्तैन : कांग्रेस नेता बस्नेत

बागमती प्रदेश, राजनीति
शंखरापुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले कांग्रेसलाई हात्तीको संज्ञा दिंदै हात्तीलाई कसैले पनि हल्लाउन नसक्ने बताउनुभयाे । नेपाली कांग्रेस शंखरापुर नगरपालिका वडा नं. ४ को प्रथम वडा सम्मेलनलाई सम्वोधन गर्दै मन्त्री बस्नेतले भन्नुभयाे, 'नेपाली कांग्रेस नेपालको राजनीतिक इतिहासमा हात्ती हो । हात्तीलाई कसैले पनि हल्लाउन सक्तैन ।' प्रजातन्त्रको विकल्प कांग्रेस नै भएकाले जनताको दुःखसुखमा साथ दिँदै विकास निर्माणको काममा लागिरहने उहाँले बताउनु भयो । नेपाली कांग्रेस शंखरापुर नगरपालिका वडा नं. ४ का इकाई सभापति एवं वडाध्यक्ष सुनाबहादुर तामाङ (सोनाम) को सभापतित्वमा लप्सेफेदीस्थित फेदी ब्लिस रिसोर्टमा भएकाे सम्मेलनमा मन्त्री बस्नेतले नेपालमा झरीका च्याउँ जस्तै विभिन्न पार्टी उम्रिएपनि धेरैबेर नटिकेका र अब उम्रिएका पार्टीहरु पनि धेरै नटिक्ने ध...
पुडासैनी परिवारले संचालनमा ल्याए ५० लाख लागतकाे तरकारी बजार

पुडासैनी परिवारले संचालनमा ल्याए ५० लाख लागतकाे तरकारी बजार

कृषि, बागमती प्रदेश
फागुन २४, काठमाडौं । कागेश्वरी मनाेहरा नगरपालिका ८ चिप्ले गाैँडामा ५० लाख लागतमा रामचन्द्र पुडासैनीकाे परिवारले कागेश्वरी तरकारी तथा फलफुल बजार संचालनमा ल्याएका छन् । स्थानीय उत्पादनलाई आफ्नै गाउँघरमा खपत गर्ने र ताजा तरकारी घरघरमा पुर्याउने उद्देश्यका साथ एकीकृत तरकारी बजार संचालन ल्याएकाे उक्त बजारका संचालक रामचन्द्र पुडासैनीले शिक्षा संचारलाई जानकारी दिएका छन् । फागुन २४ गते बुधबार नारिदीवसकाे अवसर पारेर पुडासैनी परिवारले कागेश्वरी मनाेहरा नगरपालिकाका उप मेयर शान्ता थपा, पुर्व मेयर कृष्णहरी थापाकाे विशेष उपस्थितिमा उक्त तरकारी बजारकाे उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा कागेश्वरी मनाेहरा नगरपालिकाका उप मेयर शान्त थापाले “स्थानीय स्तरमा उत्पादन गरेकाे तरकारी र खाद्यान्नहरू स्थानीय स्तरमै विक्रि वितरण गर्ने उदेश्यले खाेकाे बजारलाई राम्रो बनाउन र निरन्तर रूपमा संचालन गर्नका लागि ...

कागेश्वरी-मनाेहरामा होलसेल तथा खुद्रा तरकारी-फलफुल बजार सञ्चालनमा

आर्थिक, कृषि, बजार, बागमती प्रदेश
काठमाडाैं । काठमाडाैंको कागेश्वरी मनाेहरामा उपत्यकाकै सस्ताे र सर्वसुलभमा खरीद गर्न पाइने ठूलो तरकारी तथा फलफुल बजार खुलेको छ । तरकारी बजार गत शनिवारदेखि खुल्ला गरिएकाे छ । बजारका सञ्चालक रामचन्द्र पुडासैनीले तरकार बजार यस क्षेत्रकाे आवश्यकतालाइ ध्यान दिएर सञ्चालनमा ल्याएकाे जनाए । तरकारी तथा फलफल बजारमा दुईवटा द्वारहरू छन् । २० वटा स्टलहरू र १० वटा सटरहरू भएकाे ठूलाे बजार सस्ताे भाडादरमा उपलब्ध गराइएकाे छ । स्थानीय तरकारी तथा फलफुल व्यवसायी र व्यापारीकाे संयुक्त पहलमा निम्न वर्गीयलाई प्राेत्साहन गर्न  पूर्णतया पारिवारिक लगानी र रेखदेखमा याे बजार स्थापना गरिएकाे सञ्चालक रामचन्द्र पुडासैनीले बताए । बजारले कागेश्वरी मनाेहराक्षेत्रका गाेठाटार, चिप्लेगाैडा, नयाँ बस्ति, काँडाघारीलगायतका वासिन्दालाई सहज र सस्ताे दरमा तरकारी खरिदका लागि सहयोग पुग्ने पुडासैनीको विश्वास छ । कागेश्वरी तरकारी त...
कार्कीको पहलमा बाैद्धकाे प्रहरी वृत्त कागेश्‍वरीमा सर्ने

कार्कीको पहलमा बाैद्धकाे प्रहरी वृत्त कागेश्‍वरीमा सर्ने

बागमती प्रदेश
काठमाडौं- काठमाडौंको बौद्धमा रहेको महानगरी प्रहरी वृत्ताई कागेश्वरी मनोहरा नगरपालिकामा सार्ने तयारी भएको छ। कागेश्‍वरीको वडा नम्बर ६ मा उक्त वृत्त सार्ने तयारी थालिएको हो। कागेश्वरीमा बढ्दो जनसंख्यासँगै अपराधका घटनामा वृद्धि भएकोले शान्ति सुरक्षाका लागि प्रहरी वृत्त सार्ने तयारी सुरु गरिएको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले जानकारी दिए।   उनका अनुसार प्रहरी वृत्त स्थापनाका लागि नगरपालिकाले सम्पूर्ण सहयोग गर्न तयार रहेको छ। उनले प्रहरी प्रशासनलाई आधुनिकीकरण गर्दै नगरबासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रहरी सफल हुने विश्‍वाश व्यक्त गरे। उनले भने,' कागेश्वरी मनोहराभित्र बौद्ध प्रहरी वृत्त राख्‍न म आफू बढी जागरुक र चिन्तित छु। यो प्रक्रियालाई हप्ता १० दिनमै टुंग्याउने गरी अगाडि बढेका छौं।' उनले प्रक्रिया लामो भएर अलमलियो भने दोस्रो वैकल्पिक...
युद्धमैदानदेखि प्रदेश सभाको उपभामुखसम्म

युद्धमैदानदेखि प्रदेश सभाको उपभामुखसम्म

mainnews, कर्णाली प्रदेश
० बिस्नप्रसाद न्याैपाने सुर्खेत: कर्णाली प्रदेश सभाकी उपसभामुख यसोदा न्यौपानेको राजनीतिक जीवनको संघर्ष फरक छ। उनी विद्यालय पढ्दा ताका नै दुई दशकअघि जुम्ला तातोपानी हिमशिखर माविमा अखिल क्रान्तिकारीको इकाई अध्यक्ष भईन्। मुलुकमा माओवादी द्वन्द्व बढ्दै जाँदा उनी ०५७ असोज ३ गते नेकपा माओवादीको पूर्णकालीन सदस्य बनिन्। परिवारले भने भाइलाई माओवादी आन्दोलनमा पठाउने र दिदी यसोदालाई थप पढाउन काठमाडौं पठाउने तयारी गरेको थियो। परिवारको निर्णय विपरीत उनी युद्ध मोर्चामा सहभागी भइन्। उनलाई युद्धमा होमिएका बेला बाच्छु जस्तो लागेको रहेनछ। विगत सम्झँदै उनले युद्धमा जोगिएर उपसभामुख हुन्छु भन्ने थाहै नभएको बताइन्। उनले भनिन्, 'परिस्थितिले सत्तामा पुर्‍याउँदो रहेछ। उति बेला त देश र जनताको लागि ज्यान गएप नि जाला भनेर युद्धमोर्चामा लागेका थियौँ। आज उपसभामुखको जिम्मेवारी आएको छ।' माओवादी युद्ध सुरु हुनु ...
कागेश्वरीलाई ‘खेलकुद नगरी’ बनाउन प्रारम्भिक अध्ययनको काम सुरु

कागेश्वरीलाई ‘खेलकुद नगरी’ बनाउन प्रारम्भिक अध्ययनको काम सुरु

बागमती प्रदेश
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको ‘खेलकुद नगरी सम्भाव्यता अध्ययन तथा समन्वय समिति’ले प्रारम्भिक अनुगमन सुरु गरेको छ । नगरपालिकालाई ‘खेलकुद नगरी’ बनाउने उद्देश्यका साथ गठन गरिएको समितिले नगरपालिका भित्र रहेका खेल मैदान तथा सम्भावित क्षेत्रमा स्थलगत अनुगमन सुरु गरेको हो । अनुगमनका क्रममा समितिले नगरपालिकाको वडा नम्बर–६ मा रहेको फुटबल मैदानमा पुगेर त्यसलाई अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउन गर्नुपर्ने कामहरुको सूचना संकलन गरेको समिति सदस्य दिलीप गसीले जानकारी दिनुभयो । सो फुटबल मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन आवश्यक अध्ययन तथा अनुसन्धानका लागि विज्ञहरुसँग परामर्श गरिने उहाँले बताउनुभयो । त्यसका लागि विशेषज्ञ टोलीले विज्ञसँग परामर्श गरिरहेको र एक हप्ता भित्रमा प्रारम्भिक अध्ययन प्रतिवेदन नगरपालिकामा पेश गरिने समितिका अर्का सदस्य आरके बिष्टले जानकारी दिनुभयो । समितिको ...
कागेश्वरी मनाेहरालाई कृषिमा आत्मनिर्भर बनाइन्छ : प्रमुख उपेन्द्र कार्की

कागेश्वरी मनाेहरालाई कृषिमा आत्मनिर्भर बनाइन्छ : प्रमुख उपेन्द्र कार्की

बागमती प्रदेश
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा कृषि केन्द्रको शुभारम्भ भएको छ । सदस्य उद्यमशिलता कार्यक्रम अन्र्तगत उक्त परियोजनाको उद्घाटन नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले गत विहिवार गर्नुभएको थियाे । नगरपालिका नियामक रहेको हरहर महादेव सहकारी संस्थाको भागिनी संस्थाको रुपमा रहने हरहर महादेव कृषि केन्द्रको उद्घाटन नगरपालिकाका नगर प्रमुख कार्कीले गतसाताकाे विहिबार गर्नुभएको हो । चालिस रोपनी जग्गा भाडामा लिएर सुरु गरिएको यो परियोजनालाई नगरपालिकाको नमूना परियोजनाको रुपमा हेरिएको छ । परियोजनाको उद्घाटन गर्दै नगर प्रमुख कार्कीले यसलाई नमूना बनाउन आफूले हर सहयोग गर्ने बताउनुभयो । कृषि क्षेत्रको विकास, व्यवस्थापन र उत्पादनमुखी कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको उहाँकाे भनाई थियो । नगर क्षेत्रभित्र भएको कृषि योग्य जमिनको सहि सदुपयोग गरी उत्पादनमूलक कार्य गर्न नगरपालि...
‘श्रीमानको मृत्युपछि सन्तानको बिचल्ली’

‘श्रीमानको मृत्युपछि सन्तानको बिचल्ली’

mainnews, कर्णाली प्रदेश
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-८ का २५ वर्षीय राजेन्द्र बिष्टको पुस १६ गते भिरबाट लडेर निधन भयो। घाँसपात गर्न गएका उनी कहिले घर नआउने गरी सधैँका लागि अस्ताए। दैनिक ज्यालादारी गरेर परिवारमा जीविकोपार्जन गर्दै आएका राजेन्द्रको मृत्यु पछि परिवारमा ठुलो बज्रपात आइलाग्यो। यसै पनि दैनिक जीवनयापन गर्न समेत कठिनाइ भई गरिबी र अभावमा बाँचिरहेको यो परिवारमा यति बेला ठुलो बज्रपात आइलागेको छ। उनको निधनपछि ३ सन्तान र एक श्रीमतीको बिचल्ली भएको छ। परिवारमा आर्थिक अवस्था कमजोर भएपछि तिन सन्तानको बिचल्ली भएको हो। उनकी २१ बर्षीया श्रीमती पिरङका उनका ३ सन्तान र परिवारको आर्थिक अवस्था निकै कमजोर भएपछि किरिया खर्चको पनि अभाव भएको छ। ३ सन्तानको भविष्य पनि अन्धकार छ। मृतक विष्ट परिवारलाई किरिया खर्च एवं बालबच्चाको पठनपाठनको लागि आर्थिक अभाव भएकाले आफन्तले आर्थिक सहयोग गर्न अपिल गरेका छन्। 'घरमा ३ ब...
कालिकोटमा महेन्द्र बहादुर शाहीकाे अग्रता, पछ्याउदै नेशनल

कालिकोटमा महेन्द्र बहादुर शाहीकाे अग्रता, पछ्याउदै नेशनल

mainnews, कर्णाली प्रदेश
कालिकाेट । कालिकोटमा नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् । पहिलो चरणका ३ मतान्तरले अग्रता लिएका नेकपा एमालेका नगीन्द्र शाही ‘नेशनल’ दोस्रो चरणमा २४९ मतान्तरले पछि परेका छन् । प्रतिनिधि सभातर्फको १ हजार १२ मतगणना गर्दा पुर्व मुख्यमन्त्री शाहीले ५७५ मत प्राप्त गरेका छन् भने एमाले नेता शाहीले ३२६ मत पाएका छन् । यस्तै राप्रपाका राप्रपा धन बहादुर बुढाले ३१, नेमकिपाका खड्ग राज शाही २१, स्वतन्त्र उम्मेदवार काशिचन्द्र बराल २१ र ३८ मत बदर छन् ।...
घनश्याम भुसाल रूपन्देही-१ बाट स्वतन्त्र वाम उम्मेद्वार

घनश्याम भुसाल रूपन्देही-१ बाट स्वतन्त्र वाम उम्मेद्वार

mainnews, लुम्बिनी प्रदेश
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्।उनले आइतबार बिहान प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले गठबन्धनको सहयोगमा उम्मेदवार बने आफू बाम लोकतान्त्रिक उम्मेदवार भएको दाबी गरेका छन्। सत्ता गठबन्धनको भागबण्डामा रूपन्देही १  माओवादीको भागमा परेको थियो। माओवादीले आफ्नै चुनाव चिह्नबाट चुनाव लड्न अनुरोध गरे पनि उनले अहिले आफू स्वतन्त्रकै रुपमा लड्ने जानकारी गराए। स्वतन्त्र भने पनि उनी गठबन्धनको सहयोगमा उम्मेदवार बनेका छन्। आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा सहयोग गर्ने उनले बताए। उनले आइतबार बिहान प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन्।...
पुर्व प्रधानमन्त्रीहरूले चुनाव नलडाैं भन्छन् बाबुराम

पुर्व प्रधानमन्त्रीहरूले चुनाव नलडाैं भन्छन् बाबुराम

mainnews, गण्डकी प्रदेश
काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा परामर्श गर्न थालेका छन् । यसअघि गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भट्टराई आगामी मंसिर ४ गते प्रतिनिधि सभा चुनावमा आफू विश्राम लिएर युवालाई अघि सार्ने मुडमा पुगेका छन् । सत्ता गठबन्धनको सिट बाँडफाँटमा गोरखा-२ माओवादीको भागमा परिसकेकाले भट्टराईलाई चुनाव लड्न समस्या छैन । तर, उनले आगामी चुनावमा युवालाई अघि सारेर आफू वैचारिक क्षेत्रमा काम गर्ने बताउने गरेका छन् । ‘बाबुराम सरको कुरा पूर्व प्रधानमन्त्री र ७० पुगेका वा नजिक भएका नेता चुनाव नलडौँ भन्ने हो । हामीले अभिभावकीय भूमिका निर्वाह गरौं भनिराख्नु भएको छ’ भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले भने,‘त्यसैले, आफू नलडेर युवालाई अघि सार्न खोज्नु भएको छ । आगामी चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा निर्णयमा पुगिसक्नु भएको छैन ।’ भट्टराईले आगामी चुनाव नल...
संविधान दिवसमा राष्ट्रपतिदेखि दलका नेताले दिए शुभकामना

संविधान दिवसमा राष्ट्रपतिदेखि दलका नेताले दिए शुभकामना

mainnews, अन्तर्वार्ता, बागमती प्रदेश
काठमाडौं । आज संविधान दिवस । दोस्रो संविधानसभाले ३ असोज २०७२ मा संविधान जारी गरेको थियो । त्यही दिनको सम्झनामा सरकारले हरेक वर्ष विशेष कार्यक्रमसहित संविधान दिवस मनाउँदै आएको छ । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए । सरकारले आज सार्वजनिक बिदा दिएको छ । दिवसका अवसरमा आज संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ । समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ । यसैबीच राष्ट्रपति विद्यादेवी...
जाजरकाेट ‘क’ बाट युवा नेता रामदीप आचार्य सिफारिस

जाजरकाेट ‘क’ बाट युवा नेता रामदीप आचार्य सिफारिस

कर्णाली प्रदेश, राजनीति
काठमाडौं । आगामी प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले जाजरकोटबाट रामदीप आचार्यको नाम सिफारिस गरेको छ । गएकाे साता बसेको जिल्लाकाे निर्वाचन क्षेत्रीय समन्वय समिति बैठकले प्रदेश ‘क’ बाट आचार्यको नाम सिफारिस गरेको हो । आगामी मंसिर ४ गते देशैभर एकै चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत प्रदेशसभा निर्वाचनको उम्मेदवारका लागि माओवादी केन्द्रले जाजरकोट निर्वाचन क्षेत्र प्रदेश ‘क’ बाट रामदीप आचार्यको नाम सिफारिस गरेको छ । युवा तथा बौद्धिक नेताको रुपमा चिनिने आचार्य पार्टी पाेलिट्व्यूराे सदस्य पनि हुन् । आचार्यकाे सिंगाे परिवार जनयुद्धकाे शुरूवातैदेखि समाहित भएकाे हाे । सहीद परिवार समेत रहेका रामदीप आचार्यले कर्णााली प्रदेश सरकारकै नेतृत्वदायी भूमिका पाएमा समग्र कर्णाालीकाे समृद्ध यात्रा शुरू हुने विश्वास त्यहाँका जनताकाे  छ । त्यस्तै पार्टीले समानुपातिक उम्मेदवारका...
रेखालाई जनताकाे साथ, भन्छन् ; पुरानाले रूवाए, अब नयाँलाई भाेट

रेखालाई जनताकाे साथ, भन्छन् ; पुरानाले रूवाए, अब नयाँलाई भाेट

प्रदेश नं. १
मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट  राप्रपाबाट प्रतिनिधि सभा चुनाबमा नाम सिफारिस भएकी चर्चित नायिका तथा युवा नेता रेखा थापाले आज बेलबारीका गाउँटाेल वडाहरुमा स्थानियसँग यस क्षेत्रका विभिन्न समस्याका विषयहरुमा छलफल गरेकी छिन । हामी जनताले नै मतदान गरेर जिताएपछि तिनै जनतालाई घृणा,दास र जनताको जीवनलाई नर्क बनाउने, जनताको भोटलाई खरिदबिक्रि गर्ने, जनतालाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्ने भ्रष्टहरुलाई अब जनताले भविष्य सुम्पिनु नहुने उनले बताईन। थापाले ठगहरुलाई लखेट्ने बताउदै आफ्नो मत खेर नफाल्न आग्रह गरेकी छिन। अहिले सम्म हामीले गलत मान्छेहरुलाई चुनेको र गलत मान्छेहरु हाम्रा नेता रहेकोले गर्दा अब आफुहरुले भोगेका दुःखको अन्त्य गर्न आफुहरु जागेको बताएका छन्। पुराना नेताहरुले जनतालाई बर्षौँ देखि रुवाएको छ, अब नयाँ असल उम्मेदवारलाई मतदान गर्नेछौ, एक स्थानीयले भने ‘उहाँले रिल लाईफमा हाम्रो सम...