Friday, April 26
Shadow

आर्थिक

पुडासैनी परिवारले संचालनमा ल्याए ५० लाख लागतकाे तरकारी बजार

पुडासैनी परिवारले संचालनमा ल्याए ५० लाख लागतकाे तरकारी बजार

कृषि, बागमती प्रदेश
फागुन २४, काठमाडौं । कागेश्वरी मनाेहरा नगरपालिका ८ चिप्ले गाैँडामा ५० लाख लागतमा रामचन्द्र पुडासैनीकाे परिवारले कागेश्वरी तरकारी तथा फलफुल बजार संचालनमा ल्याएका छन् । स्थानीय उत्पादनलाई आफ्नै गाउँघरमा खपत गर्ने र ताजा तरकारी घरघरमा पुर्याउने उद्देश्यका साथ एकीकृत तरकारी बजार संचालन ल्याएकाे उक्त बजारका संचालक रामचन्द्र पुडासैनीले शिक्षा संचारलाई जानकारी दिएका छन् । फागुन २४ गते बुधबार नारिदीवसकाे अवसर पारेर पुडासैनी परिवारले कागेश्वरी मनाेहरा नगरपालिकाका उप मेयर शान्ता थपा, पुर्व मेयर कृष्णहरी थापाकाे विशेष उपस्थितिमा उक्त तरकारी बजारकाे उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा कागेश्वरी मनाेहरा नगरपालिकाका उप मेयर शान्त थापाले “स्थानीय स्तरमा उत्पादन गरेकाे तरकारी र खाद्यान्नहरू स्थानीय स्तरमै विक्रि वितरण गर्ने उदेश्यले खाेकाे बजारलाई राम्रो बनाउन र निरन्तर रूपमा संचालन गर्नका लागि ...

कागेश्वरी-मनाेहरामा होलसेल तथा खुद्रा तरकारी-फलफुल बजार सञ्चालनमा

आर्थिक, कृषि, बजार, बागमती प्रदेश
काठमाडाैं । काठमाडाैंको कागेश्वरी मनाेहरामा उपत्यकाकै सस्ताे र सर्वसुलभमा खरीद गर्न पाइने ठूलो तरकारी तथा फलफुल बजार खुलेको छ । तरकारी बजार गत शनिवारदेखि खुल्ला गरिएकाे छ । बजारका सञ्चालक रामचन्द्र पुडासैनीले तरकार बजार यस क्षेत्रकाे आवश्यकतालाइ ध्यान दिएर सञ्चालनमा ल्याएकाे जनाए । तरकारी तथा फलफल बजारमा दुईवटा द्वारहरू छन् । २० वटा स्टलहरू र १० वटा सटरहरू भएकाे ठूलाे बजार सस्ताे भाडादरमा उपलब्ध गराइएकाे छ । स्थानीय तरकारी तथा फलफुल व्यवसायी र व्यापारीकाे संयुक्त पहलमा निम्न वर्गीयलाई प्राेत्साहन गर्न  पूर्णतया पारिवारिक लगानी र रेखदेखमा याे बजार स्थापना गरिएकाे सञ्चालक रामचन्द्र पुडासैनीले बताए । बजारले कागेश्वरी मनाेहराक्षेत्रका गाेठाटार, चिप्लेगाैडा, नयाँ बस्ति, काँडाघारीलगायतका वासिन्दालाई सहज र सस्ताे दरमा तरकारी खरिदका लागि सहयोग पुग्ने पुडासैनीको विश्वास छ । कागेश्वरी तरकारी त...
श्रमजीवी-पत्रकार संघद्धारा माउन्टेन टिभीमा आन्दोलनको घोषणा

श्रमजीवी-पत्रकार संघद्धारा माउन्टेन टिभीमा आन्दोलनको घोषणा

रोजगार
काठमाडौ । घरजग्गा कारोबारी राजु कँडेलले संचालन गर्दे आएको माउन्टेन टिभीमा त्यहाँ कार्यरत पत्रकार कर्मचारीलाई श्रमजीवी पत्रकार ऐन अनुसार पारिश्रमिक सेवा सुविधा नदिएपछि श्रमजीवी-पत्रकार संघ, नेपालले आन्दोलनको घोषणा गरेको छ । त्यहाँ हाल कार्यरत र बिगतमा काम गरेका पत्रकार र कर्मचारीलाई श्रमजीवी पत्रकार ऐन अनुसार सेवा सुविधा नदिएको, बाँकी बक्यौता भुक्तानी नगरेकाे भन्दै श्रमजीवी-पत्रकार संघ, नेपालमा उजुरी परेको थियो । संघकाे तर्फबाट अध्यक्ष जन्मदेव जैसीले यस अघि पटक पटक श्रमजीवी पत्रकारहरुको माग संवोधन गर्न अध्यक्ष कँडेललाई ध्यानाकर्षण गराएपनि कँडेलले बिभिन्न बहानामा त्यसलाई टार्दै आएका थिए । श्रमजीवी पत्रकार ऐनमा वार्षिक एक महिना बराबरको चाडपर्व खर्च, त्यसैगरी १ महिना बराबरको औषधी उपचार खर्च,संचयकोष,उपदान लगायतका सेवा सुविधा श्रमजीवी पत्रकारलाई उपलब्ध गराउनु पर्ने उल्लेख छ । तर माउन्टेनले...
भारतले जेठ १८ गतेदेखि चिनी निर्यातमा रोक लगाउने

भारतले जेठ १८ गतेदेखि चिनी निर्यातमा रोक लगाउने

mainnews, आर्थिक, बजार
काठमाडौं । भारतले अागामी १ जुनदेखि चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । १ जुन (१८ जेठ) देखि कार्यान्वयन हुनेगरी भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि अक्टोबर ३१ (चार महिना) सम्मका लागि चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको इकोनोमिक्स टाइम्सले जनाएको छ । रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला बिग्रिए पछि विभिन्न मुलुकले त्यसको असरबाट आफ्नो मुलुकलाई बचाउन खाद्यान्न जोहोको निर्णय गरिरहेका छन् । केही दिन अघि भारतले फलामको कच्चा पदार्थ स्पन्ज आइरनको निर्यातमा कर वृद्धिको निर्णय गरेको थियो । वाणिज्य विज्ञ रविशंकर सैजुका अनुसार भारतले लगाएको निर्यात रोकको असर नेपाली बजारमा पर्नेछ । नेपालको आन्तरिक उत्पादनले नपुग्ने भएकाले नेपाल-भारत लगायतका मुलुकमा चिन...
कर्णालीकै एकमात्र हस्पीटालिटी : कुलिनरी

कर्णालीकै एकमात्र हस्पीटालिटी : कुलिनरी

mainnews, कर्णाली प्रदेश, पर्यटन, विशेष खबर
जन्मदेव जैसी, सुर्खेत । आफ्नै प्रदेशमा व्यवसायिक शिक्षा र मौलिक सिप सिक्न पाउनु सम्पूर्ण कर्णालीवासीहरुका लागि गौरवको विषय हो । शिक्षा बस्तुवादी हुनुपर्छ, व्यवहारिक र बैज्ञानिक हुनुपर्छ भन्नेहरुका लागि त यो उदाहरणीय काम हो । राज्यबाट दोश्रो नागरिकको व्यवहार खेपिरहेको कर्णाली किन उत्पीडनमा परेको छ ? हामी उत्पीडित क्षेत्रबाट कहिले समृद्धि कर्णाली भन्ने स्थितिमा पुग्ने ? अब यो उद्देश्य निश्चित राजनीतिक दल या कार्यकर्ताले भाषण गर्ने मसाला बनाएर मात्र पुग्दैन । हामी सबै कर्णालीवासी जो साँच्चिकै शैक्षिक, आर्थिक, राजनीतिक, सांस्कृतिक एवं सामाजिक रुपमा समृद्ध बन्ने हो भने हरेक क्षेत्रलाई आत्मनिर्भर बनाउन व्यवसायिक शिक्षा र मौलिक सिपसहितको रोजगार अनिवार्य शर्त हो । हाम्रो सुन जस्तो कर्णालीमा अनेक सम्भानाहरु छन् तर ती सम्भावनाहरुको खोजी गर्न छाडेर बेरोजगारीको पिडाले कर्णालीबाट हजारौ युवाहरु बर्ष...
तनहुँका नौ स्थानीय तहले ल्याए साढे छ अर्बको बजेट

तनहुँका नौ स्थानीय तहले ल्याए साढे छ अर्बको बजेट

आर्थिक
तनहुँ । तनहुँ जिल्लाका १० मध्ये नौ पालिकाले आगामी आर्थिक वर्ष ०७८र७९ का लागि अनुमानित बजेट सार्वजनिक गरेका छन् । तीन नगरपालिका र छ गाउँपालिकाले एकैदिन आगामी वर्षका लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । तनहुँमा चार नगरपालिका र ६ गाउँपालिका छन् । जिल्लाका स्थानीय तहले रु छ अर्ब ६९ करोड २२ लाख २३ हजार ५०० बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन् । भानु नगरपालिकाले भने बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न सकेन । राजनीतिक द्वन्द्वका कारण भानुमा नगरसभा हुन नसकेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले आफूहरु छलफलमै रहेको बताए। भानुमा बेलाबेलामा विवाद हुँदै आइरहेको छ । स्थानीय तहले आफ्ना प्राथमिकताको आधारमा बजेट विनियोजन गरेका छन् । सङ्घ, प्रदेशबाट आएको अनुदान र पालिकाको आन्तरिक आम्दानीको अनुमानका आधारमा बजेटको आकार निर्धारण गरिएको छ । जिल्लाको सब...
सेयर बजारमा गयो पहिरो, आत्तिए सेयर लगानीकर्ता

सेयर बजारमा गयो पहिरो, आत्तिए सेयर लगानीकर्ता

आर्थिक
काठमाडौं । नेपाली सेयर बजारमा पहिरो गएको छ। आइतबार सेयर बजारमा ६३.२८ अंकको पहिरो जाँदा ११ अर्ब ८१ करोड रुपैयाँको सेयर किनबेच भएको हो। सेयर बजारमा २३२ कम्पनीहरुको कारोबार हुँदा १७ कम्पनीको मूल्य मात्रै बढेको छ भने अरु २१५ कम्पनीको मूल्य घटेको छ। आज बजारको परिसूचक २९०५ अंकमा कायम भएको छ। जलविद्युत कम्पनीका लगानीकर्ता गुमाउनेमा अगाडि देखिएका छन्। बोर्डको विज्ञप्तिमा ‘जोखिमयुक्त’मा सबैभन्दा धेरै अर्थात सूचीकृतमध्ये आधा कम्पनी जलविद्युत कम्पनीहरु छन्। केही जलविद्युत आयोजनाहरुमा अविरल वर्षाका कारण क्षति पुगेकाले पनि जलविद्युत कम्पनीको सेयर बिक्रीमा चाप परेको छ। सबै समूहहरु ओरालो लागेका छन्। जलविद्युत समूह १०१ अंकले घटेको छ। बैंकिङ ३५, ब्यापार ९८, होटल तथा पर्यटन ८८, विकास बैंक १६५, फाइनान्स ८०, निर्जीवन बीमा २७९, उत्पादन १४९, अन्य ५१, माइक्रोफाइनान्स ११७ र जीवन बीमा समूह ३१० अंकले घट...
सामाजिक सुरक्षा योजनामा २ लाखभन्दा बढी श्रमिक सूचीकृत

सामाजिक सुरक्षा योजनामा २ लाखभन्दा बढी श्रमिक सूचीकृत

आर्थिक, बागमती प्रदेश, रोजगार
काठमाडौं : सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा २ लाखभन्दा बढी श्रमिक सूचीकृत भएका छन् । योजना कार्यान्वयनमा आएको झण्डै दुई वर्षको अवधिमा सामाजिक सुरक्षा कोषमा शुक्रवारसम्म २ लाख १२ योगदानकर्ता सूचीकृत भएका हुन् । कोषका अनुसार हालसम्म १३ हजार ७६५ रोजगारदाता आबद्ध भएका छन् । सबैभन्दा बढी वाग्मती प्रदेशमा १ लाख ४९ हजार ६१४, प्रदेश नं १ मा २० हजार ४३३, प्रदेश नं २ मा १४ हजार ३१७, गण्डकीमा ७ हजार १४२, लुम्बिनीमा ७ हजार ११३, सुदूरपश्चिममा ८१४ र कर्णालीमा ५२१ सूचीकृत भएका छन् । बागती प्रदेशबाट ८ हजार २०४ जना, प्रदेश नं १ बाट १ हजार ४३३ जना, लुम्बिनी प्रदेशबाट १ हजार २२० जना, गण्डकीबाट ६१८ जना, प्रदेश नं २ बाट ५६० जना, सुदूरपश्चिमबाट १६८ जना र कर्णाली प्रदेशबाट १४७ जना रोजगारदाता कोषमा सूचीकृत भएका छन् । कोषमा शुक्रवारसम्म ५ अर्ब २७ करोड ७४ लाख ७७ हजार ९३८ रुपैयाँ योगद...
लोभी अख्तियारका प्रस्तावित प्रमुख राई, एक बर्स्सम्म पनि फिर्ता गरेनन् सरकारी गाडी

लोभी अख्तियारका प्रस्तावित प्रमुख राई, एक बर्स्सम्म पनि फिर्ता गरेनन् सरकारी गाडी

अटो, आर्थिक, जीवनशैली, रोजगार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रस्तावित प्रमुख आयुक्त प्रेम राईले सचिवबाट निवृत्त भएको एक वर्षसम्म पनि सरकारी गाडी फिर्ता गरेका छैनन् । गत २२ माघमा अवकाश पाएका उनले अहिलेसम्म गृह मन्त्रालयकै सवारीचालक र सुरक्षाकर्मी प्रयोग गरिरहेका छन् । सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर उनले चलाइरहेको गृह मन्त्रालयको स्रोतले जनाएको छ । त्यस्तै, कुनै निर्णयविना नै दुईजना प्रहरीसमेत पूर्वसचिव राईले घरमा राखेको स्रोतको दाबी छ । अवकाशप्राप्त व्यक्तिलाई सवारी दिने कुनै व्यवस्था नै छैन । संवैधानिक परिषद्ले आफूभन्दा कनिष्ठ व्यक्ति प्रेमकुमार राईलाई प्रमुख आयुक्तमा सिफारिस गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले राजीनामा दिने तयारी गरेका छन् । उनले यसबारे आफूले निकटस्थहरूसँग छलफलसमेत गरेको स्रोत बताउँछ । निजामती प्रशासनमा राई...
केही ठाउँमा हिमपात हुने

केही ठाउँमा हिमपात हुने

जीवनशैली, पर्यटन, प्रदेश खबर
काठमाडौं : पौष ७, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै हाल हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ  । आगामी तीन दिनको मौसम पूर्वानुमानः पौष ७ गते (मंगलबार) दिउँसोः प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । रातिः बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र कर्णाली प्रदेशका भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पौष ८ गते (बुधबार) दिउँसोः प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बि...
विश्व बैंकद्वारा कृषि क्षेत्रका लागि साढे नौ अर्ब ऋण सहायता

विश्व बैंकद्वारा कृषि क्षेत्रका लागि साढे नौ अर्ब ऋण सहायता

आर्थिक, कृषि, बजार, रोजगार
६ पुस, काठमाडौंं । नेपाल सरकार र विश्व बैंकबीच आठ करोड अमेरिकी डलर (करिब साढे नौ अर्ब रुपैयाँ) बराबरको आयोजना कार्यानवयन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलताको प्रवर्द्धन गर्दै कोभिड महामारी पश्चातको आर्थिक पुनरूत्थानलाई अभिवृद्धि गर्ने गरी आयोजना आएको विश्व बैंकले जनाएको छ ।  आयोजनाको नाम ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाको दिइएको छ । वित्तीय सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थसचिव शिशिरकुमार ढुंगानाले र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे । विश्व बैंकका अनुसार आयोजनाले ग्रामिण उत्पादक समूह र निजी क्षेत्रका क्रेताहरू बीच उत्पादनशील साझेदारीको सहजीकरण गर्दै मूल्य अभिवृद्धि तथा रोजगारीको सिर्जना गन सहयोग पुग्ने अपेक्षा गरिएको छ । आय...
कात्तिकसम्ममा तीन खर्ब ३७ अर्ब बढी रेमिट्यान्स भित्रीयो

कात्तिकसम्ममा तीन खर्ब ३७ अर्ब बढी रेमिट्यान्स भित्रीयो

अन्तर्राष्ट्रिय, आर्थिक, बैंकिङ, रोजगार, विशेष खबर
काठमाडौं : पौष ६, चालु आर्थिक वर्षको पहिलो चार महिना कात्तिकसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स ११.२ प्रतिशतले बढेर तीन खर्ब ३७ अर्ब ७२ करोड पुगेको छ । राष्ट्र बैंकले कात्तिक मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन सार्वजनिक गरेको हो । अमेरिकी डलरमा पनि रेमिट्यान्स ६.४ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।कोभिड–१९ को प्रभाव विश्वव्यापीरुपमा बढ्दै जाँदा पनि रेमिट्यान्स भने बढेको छ । आयातमा आएको संकुचनले वैदेशिक रोजगारीबाट फर्कनेलाई जिन्सी सामान तथा उपहार ल्याउन कडाइ भएकोलगायत कारणले रेमिट्यान्समा वृद्धि भएको सरोकारवाला निकायको बुझाइ छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.९ प्रतिशतले कमी आई २५ हजार ९३१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.१ प्रतिश...
बिमल घर्तिमगर गम्भीर घाइते

बिमल घर्तिमगर गम्भीर घाइते

खेलकुद, फुटबल, बागमती प्रदेश, रोजगार, स्वास्थ्य
काठमाडौं : पौष ६, नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड बिमल घर्तिमगर गम्भीर घाइते भएका छन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका क्रममा उनी गम्भिर घाइते भएका हुन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चलिरहेको बन्द प्रशिक्षणमा उनको घुँडामा चोट लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार बिमलको ‘लिगामेन्ट’ च्यातिएको छ । उनको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । शल्यक्रियापछि मात्र खेलबाट के कति समय वञ्चित हुनुपर्ने हो थाहा हुने प्रवक्ता राईले बताउका छन् । यसअघि विश्वकप छनोटको क्रममा बिमल तीन महिना अनुशासनको कारबाहीमा परेका थिए। लामो समयको पर्खाइपछि बन्द प्रशिक्षणमा फर्किएका बिमल पछिल्लो मछिन्द्र क्लबमा आबद्ध छन् ।...
संसद विघटनको साइड इफेक्ट : सेयर बजारमा ९६.८८ अंकको गिरावट

संसद विघटनको साइड इफेक्ट : सेयर बजारमा ९६.८८ अंकको गिरावट

आर्थिक, प्रदेश खबर, विशेष खबर
काठमाडौं, ५ पुस । आज सेयर बजार नेप्से परिसूचक ९६.८८ अंकले घटेको छ । संसद विघटनको साइड इफेक्ट शेयर बजारमा पन  परेको देेेइएको हो । आइतबार २०४६.५७ मा खुलेको सेयर बजार ९६.८८ अंकले घटेर १९३५.६४ अंकमा पुगेको हो।आइतबार १९८ कम्पनीको सेयर एक करोड ४० लाख ३० हजार ७४९ पटक किनबेच हुँदा कारोबार रकम भने ८ अर्ब ७० करोड ८५ लाख भन्दा धेरै भएको छ । आज नेप्सेमा कारोबार भएका सबै समूहमा गिरावट आएको छ। कारोबार भएका १२ मध्ये सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको परिसूचक ६६९ अंकले घटेको छ। यस्तै, निर्जीवन बीमा कम्पनी समूहको सूचक ५२९ अंकले घटेको छ। यी दुईलगायत सबै समूहमा ठूलो अंकको गिरावट आएको छ...
उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी

उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी

आर्थिक
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । शनिबार भएको चुनावको सार्वजनिक मतपरिणाम अनुसार ढकालले आफ्ना किशोर प्रधानलाई १६६ मतान्तरले हराएका हुन् । आइएमई ग्रुपका ढकाल ६३३ मत ल्याएर विजयी भएका हुन् । पराजित प्रधानलाई ४६६ मत मात्र प्राप्त भयो । ३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्र ढकालले ५ सय २२ र किशोर प्रधानले ३ सय ७५ मत, २० प्रतिशत मत भार रहेको वस्तुगतमा चन्द्र ढकालले ५९ र किशोर प्रधानले ३९ तथा ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ चन्द्र ढकालले ५२ र किशोर प्रधानले ५३ मत ल्याएका थिए । महासंघको वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधानपक्षकै दिनेश श्रेष्ठ र एसोसिएट्सतर्फ ढकाल पक्षका रामचन्द्र संघाई विजयी भएका छन् । जिल्ला नगरतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा प्रधान प्यानलको वर्चस्व छ । ...
पत्रकारकाे काेराेना परिक्षण निशुल्क गर्न महासंघकाे आग्रह

पत्रकारकाे काेराेना परिक्षण निशुल्क गर्न महासंघकाे आग्रह

रोजगार, समाज, स्वास्थ्य
काठमाडौं । उपत्यका र उपत्यकाबाहिर कार्यरत सञ्चारकर्मीमा कोरोनाभाइरस संक्रमण हुने क्रम बढेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण पछिल्ला दिनहरुमा नेपालमा तीव्र गतिमा फैलिँदै गर्दा सञ्चारकर्मीपनि धमाधम संक्रमित हुन थालेका हुन् । नेपाल पत्रकार सहासंघले पछिल्लो समय अग्रभागमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीहरूमा संक्रमण देखिने क्रम बढेको जनाएको छ । महासंघका अनुसार हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी संक्रमित भइसकेका छन् भने विशेषगरी फिल्डमा खटिने संवाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन् । महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ । साथै महामारीको यो समयमा आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखे...